Comments Add Comment

चार दलले बोलाए सर्वदलीय बैठक

Four-Party-Meeting

२३ जेठ, काठमाडौं । प्रमुख चार दलले संविधानका विवादित विषयमा राय सुझाव लिन शनिबार संविधानसभामा रहेका दलहरुको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष चार नेताको बैठकले सबै दलको सुझाव लिएर सहमतिको प्रस्ताव तयार पार्ने सहमति गरेका हुन् । शनिबार विहान बालुवाटारमा ९ बजे बोलाइएको बैठकको समन्वय सरकारले गर्नेछ ।

संघीयतामा चार दलबीच ६ वा ८ प्रदेशको विकल्पमाथि छलफल भइरहेको छ । माओवादीले भौगोलिक पहिचानसहितको ८ प्रदेशको प्रस्ताव अघि सारेको छ । कांग्रेस र एमालेले भने नामांकन प्रदेशसभाले गर्ने र सीमांकन आयोगले गर्ने गरी ६ प्रदेश बनाउनु पर्ने अडान लिँदै आएका छन् ।

चार दलले संविधानसभाको २५ गतेको बैठक बस्नु अघि नै सहमति गर्ने प्रतिवद्धता जनाएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका साथ संविधान बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment