Comments Add Comment

मेस्सी, नेयमार र स्वरेजलाई रोक्न सक्ला युभेन्टसले ?

२३ जेठ, काठमाडौं । बार्सिलोना र युभेन्टस च्याम्पियन्स लिगको उपाधि भिडन्तका लागि बर्लिन पुगेका छन्,  तर फरक–फरक प्रेरणा लिएर ।

Messi

येभेन्टस हेजलको सम्झना र पीडितलाई मनमा लिएर बर्लिन पुगेको छ भने बार्सिलोना विश्वकै अब्बल दर्जाको फवार्ड लाइन भएकोमा गर्वसहित ।

बार्सिलोनाका ब्राजिलियन फवार्ड नेयमारलाई लाग्छ, उनको दुई साथी दक्षिण अमेरिकी सुपर स्टार लिओनल मेस्सी र स्वरेज यो सिजनको सफलताको मुख्य कारण हुन्, जुन च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको छ ।

साँचै बार्सिलोनाका तीन फवार्ड लिओनल मेस्सी, नेयमार र लुईस स्वरेजले अद्वितीय प्रदर्शन गरेका छन् । समग्रमा तीन खेलाडीले यो सिजन १२० गोल गरेका छन्, जुन वास्तवमै सनसनीपूर्ण छ ।

Juventus

के युभन्टसले यो आक्रमणलाई थेप्न सक्छ त ? युभेन्टस रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा र ग्यारेथ बेलसहितको रियललाई पन्छाएर आएको हो । सफलता प्रतिको भोक र सामुहिक प्रयासले फाइनल पुगेको युभेन्टस पनि त्यति कमजोर छैन ।

तर, जसले जितेपनि एक दुर्लभ कीर्तिमान बन्नेछ । बार्सिलोना र युभेन्टस दुबैले आफ्नो देशको लिग र कप जितिसकेका छन् र च्याम्पियन लिगको जितले एकै सिजन तीन उपाधिको कीर्तिमान बन्ने छ । यो त्यस्तो कीर्तिमान हुनेछ, जुन कल्पना गर्न पनि धेरैलाई सजिलो छैन ।

बार्सिलोनाले पेपे ग्वार्डिआलोको प्रशिक्षणमा २००९ मा यस्तै कीर्तिमान बनाएको थियो । अहिले लुइज इनरिके पनि ग्वार्डिआलोले जस्तै बार्सिलोनाको प्रशिक्षक भएको पहिलो सिजन नै ट्रेबलको कीर्तिमान बनाउन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment