Comments Add Comment

दाता सम्मेलनका लागि ६५ मुलुकलाई पत्राचार

Ramsaran

२३ जेठ, काठमाडौं । दाता सम्मेलनमा सहभागि हुनका लागि ६५ दातृ मुलुक तथा निकायलाई पत्र पठाइएको छ । पराम्परागत दातामुलुक तथा निकायहरुका अतिरिक्त उद्दार तथा राहत कार्यमा संलग्न नयाँ दाताहरुलाई पनि पत्राचार गरिएको छ ।

सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको संयोजक रहेका अर्थमन्त्री डा. रामशरण महतले भारत, चीनका राजदूत लगायत सम्मेलनमा सहभागी हुन आउने अधिकांश मुलुकका राजदूतहरुसँग छलफल गरेका छन् ।

जापानका राजदूत मासासी ओगावाबीच शुक्रबार भएको छलफलमा अर्थमन्त्री डा महतले नेपालले जापानबाट ठूलो सहयोगको अपेक्षा गरेको बताएका थिए । महतले नेपाललाई पुर्ननिर्माणका लागि आवश्यक पर्ने रकमबारे पनि जानकारी गराएका थिए । आउँदो असार १० गते काठमाडौमा हुने उक्त नेपाल सहायता सम्मेलनका संयोजक रहेका अर्थमन्त्री महतले भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको मूल्यांकन प्रतिवेदन (पीडीएनए) अर्को हप्तासम्म तयारी हुने जापानी राजदूत आगावालाई जानकारी दिए ।

राजदूत ओगावाले भने सम्मेलनकै क्रममा जापानले गर्ने सहयोगको घोषणा गर्ने बताए । सकेसम्म बढी सहायता दिन जापान तयार रहेको बताएका थिए ।

भेटमा बहुपक्षीय दातृ निकाय तथा दाता मुलुकबाट उच्च नेतृत्वको सहभागिताका लागि आग्रह गरिएको थियो । नेपालको पुनर्निर्माणका लागि पाँचदेखि १० खर्ब रुपैयाँ पुँजीको आवश्यकता रहेको प्रारम्भिक अनुमान रहेको छ । आगामी पाँच वर्षभित्रमा सरकारले विनास भएका सम्पूर्ण संरचनाको पुनर्निर्माण गरिसक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment