Comments Add Comment

चट्याङले लागेर झापामा दुईको मृत्यु

२३ जेठ, झापा । पानीसँगै परेको चट्याङ लागेर झापामा दुईजनाको मुत्यु भएको छ ।

शुक्रबार राति परेको चट्याङले लागेर गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ की सीता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि उनलाई तत्काल बिर्तामोडस्थित विर्ता सिटी अस्पताल लगिएको र उनको उपचारको क्रममा मुत्यु भएको हो ।

त्यस्तै राईलाई पनि चट्याङ लागेपछि कनकाई अस्पताल लैजाँदै गरेको अवस्था बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment