Comments Add Comment

घर भत्काउने क्रममा च्यापिएर एकको मृत्यु

२३ जेठ, काठमाडाैं । घर भत्काउने क्रममा च्यापिएर एकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ न्युप्लाजास्थित बद्रीकुमार श्रेष्ठको आठतले घर भत्काउने क्रममा पर्खालको ईंटाले च्यापेर नुवाकोटको सुनाखानी गाउँका रूपेश तामाङको मृत्यु भएको छ।

उनी भूकम्पपछि जोखिमपूर्ण बनेको सो घर भत्काउने काम गरिरहेका थिए।गम्भीर घाइते भएका उनलाइ तत्कालै उपचारका लागि बागबजार स्थित काठमाडाैं मोडेल अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा त्यहीँ उनको निधन भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

यसैबीच, चोरीका सामानसहित काभ्रेपलाञ्चोकको ज्यामिरे–१ का विक्रम परियार काठमाडौँ महानगरपालिका–३ बाट पक्राउ परेका छन् । अभियुक्तबाट एक थान ल्यापटप, आइफोन र घडी बरामद भएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment