Comments Add Comment

होटलमा बसेको युवकको रहस्यमय मृत्यु

२३ जेठ, महोत्तरी ।  आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको एक युवकको शनिबार बिहान रहस्यमय मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको दुलारी–६ का सञ्जीव क्षेत्री चौहान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तीन दिनदेखि जलेश्वर नगरपालिका–५ स्थित उक्त होटलमा पोखराको मधेरी पाठक गाउँकी कल्पना तामाङ र सर्लाही जिल्ला धनकौल–९ की सुभद्रा सिंहसँग बस्दै आएका युवक क्षेत्रीको बिहान ४ बजे सो होटलमा रहस्यमय मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

लजको कोठा नम्बर १०२ मा बसेका क्षेत्रीलाई आज बिहान ४ बजे श्वासप्रश्वासमा समस्या भएको र जीउ टर्रो पर्न थालेपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कल्पनाले बताएकी छिन् ।

यता युवक क्षेत्रीको मुख कुल्चिएको र रगत निस्केको खुट्टाको औंलाहरु र पैतालाबाट पनि रगत निस्केको तथा शरीर पहेलो परेको र पहिले नै मृत्यु भएको अवस्थामा अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्न मृतकसँग आएको दुवै केटीलाई नियन्त्रणमा लिएको छ भने होटलमा पनि सिलबन्दी गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment