Comments Add Comment

एकजुट भएर विपत्तिको सामना गर्दै पुनःनिर्माणमा जुटौँ – खनाल

२३ जेठ, भक्तपुर ।पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।
Jhalanath Khanal
नेकपा एमालेको स्वयम्सेवक दस्ताले शनिबार भक्तपुरको चाँगुनारायण उच्च माविको भत्किएको भवनको भग्नावशेष हटाउने तथा विद्यालयको टहरा निर्माण कार्यक्रममा सहभागी हुँदै उनले यो दुःखद र विपत्को घडीको सबैले मिलेर सामना गर्दै नयाँ ढङ्गले समाज निर्माणमा लाग्नुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री खनालले भने– “देशमा जतिसुकै आपत आए पनि मिलेर जुट्नुपर्छ, सबै एकताबद्ध भएर विपत्तिको सामना गरेर विपत्तिको व्यवस्थापन गर्नुपर्छ ।”

विगतमा पनि यस प्रकारको विपत्ति आएको र हाम्रा पुर्खाले यसको सामना गर्दै गाउँ, बस्ती र सम्पदाको पुनःनिर्माण गरेको स्मरण गर्दै उनले–“अहिले पनि देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्न सक्छौँ, ध्वंसको पुनःनिर्माण गर्न सक्छौँ र गरिरहेका छौँ ।”

पुनःनिर्माणमा राष्ट्रव्यापी रुपमा राज्यशक्ति, जनशक्ति र पार्टी शक्ति लागेको बताउँदै उनले पार्टी कार्यकर्तालाई भग्नावशेष हटाउनेदेखि पुनःनिर्माणसम्ममा नथाकी निरन्तर लागिरहन आग्रह गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज सोम मिश्रले भक्तपुरमा एमाले कार्यकर्ता एवम् भ्रातृ सङ्गठनका चार सय जनाले सात सय ५० वटा अस्थायी टहरा, विभिन्न विद्यालयका २० वटा कक्षा कोठा निर्माण गर्नुका साथै भग्नावशेष हटाउने कार्य गरेको र यी कार्य जारी रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment