Comments Add Comment

भूकम्प प्रभावित बालबालिकालाई आयुवेर्दिक विस्कुट दिइने

२३ जेठ, काठमाडौं । भारतको राष्ट्रिय सेवा भारती र गोवर्धन प्रतिष्ठा पुणेले नेपालका भुकम्प प्रभावित बालवालिका र महिलाहरुको लागि रोगप्रतिरोधी क्षमता बढाउने आयूर्बेदिक विस्कुट वितरण गर्ने भएको छ ।

शुक्रवार भक्तपुरको सल्लाघारी क्याम्पबाट वितरण प्रारम्भ गरिएको सो आयूर्बेदिक सताबरी यूक्त पौष्टिक विष्कुट हिन्दु स्वयम सेवक संघ र जनकल्याण परिषदको मार्फतबाट भुकम्प प्रभावित भक्तपुर, नुवाकोट, धादिङ्ग, सिन्धुपाल्चोक, रसुवा, दोलखा लगायतका जिल्लामा वितरण गरिने शनिवार विहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा गोवर्धन प्रतिष्ठानकी अध्यक्ष भाग्यश्रीले भुकम्पपछि भुकम्प प्रभावित जिल्लाहरुमा महामारी फैलन सक्ने सम्भावना रहेको र सबै क्षेत्रमा चिकित्सक पुग्न सक्ने अवस्था नरहेकोले महामारी फैलनै नदिन यो विस्कुट वितरण गरिएको बताईन ।

उनले नेपाल ल्याईएको तीन टन विस्कुट १० हजार भुकम्प पीडित महिला र बालवालिकाको लागि वितरण गरिने योजना रहेको बताइन् ।

उनका अनुसार  भारत सरकार, यूनिसेफ, विश्व बैंक र लायन्स क्लब ईन्टरनेसनले अनुमति दिएको सो विस्कुटले  एक जनाले दुई पिस भन्दा बढी खान हुँदैन । उनले यो विस्कुटले रोगप्रतिरोधी क्षमता बढाउनाका साथै रगत बढाउने, बौद्धिक क्षमता बढाउने, शरिरको पुष्टता बढाउनुका साथै कुपोषणबाट बच्नलाई मद्दत गर्ने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment