Comments Add Comment

लाङटाङमा ५३ मानव कङ्काल फेला

२३ जेठ, रसुवा । गत वैशाख १२ गतेको भूकम्पका कारण हिमपहिराले लाङटाङ गाउँ पुरिँदा हराइरहेकामध्ये थप ५३ जनाको मानव कङ्काल फेला परेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार पछिल्लो पटकको खोज उद्धारबाट फेला परेकामध्ये तीन जना विदेशी भएको अनुमान गरिएको छ ।

पहिलो चरणको खोज र उद्धारमा भने एक सय २८ जनाको शव फेला परेको थियो । हाल एक सय ८३ लाङ्टाङवासीसमेत गरी करिब तीन सय ३३ जना हराइरहेको स्थानीयवासी ङेरुप लामाको पूर्वअनुमान भए पनि अहिलेसम्म पहिराले कति पुर्‍यो भन्ने यकिन तथ्याङ्क भने आउन सकेको छैन ।

अहिलेसम्म एक सय ५० लाङ्टाङवासीको मात्र शव भेटिएको लाङटाङका समाजसेवी सुब्बा तामाङले जानकारी दिए । शव खोज्ने कार्य दु्रत रुपमा भइरहेको र सो कार्यमा नेपाली सेना महावीर गण (रेन्जर) र नारायण दल गण जुटेको गणपति लक्ष्मण थापाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment