Comments Add Comment

खेलकुदमन्त्री र क्यान कार्यबाहक अध्यक्ष कोइरालाबीच आरोप प्रत्यारोप

Purusotam-paudel-and-deepak-koirala

२३ जेठ, काठमाडौं । खेलकुदमन्त्री पुरुषोतम पौडेल र नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइराला आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

क्यानमा प्रपोजल लेख्न नजान्नेहरु छन् भनेकोमा आक्रोस पाख्दै कोइरालाले खेलकुद मन्त्री पौडेललाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन्-‘अनि आजसम्म क्रिकेटको प्रपोजल तपाई र तपाईको कार्यकर्ताले लेखिदिएका हुन् ?’

एमाले प्रपोजल लेख्ने प्रतिपर्धामा पहिलो नम्बरमा रहेको भन्दै उनले कति थान प्रपोजलमा कति नम्बर पाएर मन्त्री हुनु भएको भन्दै प्रश्न गरेका छन् ।

खेलकुदमन्त्री पौडेलको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कोइरालाले सार्वजनिक रुपमा मन्त्रीलाई खुराफाती बाहेक अरु खेल आउँछ भनेर प्रश्न गरेका छन् । मन्त्री पौडेललाई कुन खेलको खेलाडी भन्दै प्रश्न गरेका उनले भने-‘मन्त्रीजी खुराफाती खेल बाहेक अरु केही आउँछ यहाँलाई ?’

यसअघि बुधबार एक कार्यक्रममा खेदकुदमन्त्री पौडेलले क्यानमा बसेकाहरु प्रपोजल लेख्न नेसक्ने भएको र त्यसले अन्तराष्ट्रिय सहयोग गुमेको बताएका थिए ।

Deepak-koirala-Status

खेलकुद क्षेत्रमा एमालेबाट आएका मन्त्री र एमाओवादीबाट आएका खेद पदाधिकारीबीचको जुहारी भने नौलो होइन । एमालेबाट मन्त्री बनेका पौडेल र एमाओवादी कोटामा राखेप सदस्य सचिव बनेका युवराज लामाबीच पनि सार्वजनिक रुपमा आरोप प्रत्यारोप चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment