Comments Add Comment

युवाहरुको संकल्प-देश आफैं बनाउँछौं

Sankalpa

२३ जेठ, काठमाडौं । महाभूकम्पपछि स्वतस्फूर्त रुपमा पीडितहरुको राहत तथा उद्धारमा लागेका युवाहरुले देश आफैं बनाउने संकल्प गरेका छन् ।

भूकम्पपछि आ-आफ्नो ढंगले भूकम्प प्रभावित क्षेत्रमा सहयोगका जुटेका स्वयंसेवी युवाहरुले शनिबार राजधानीमा अनुभव आदानप्रदान गर्दै निःस्वार्थ सेवाबाट देश बनाउने संकल्प गरेका हुन् ।

‘म स्वयंसेवक हुँ, म सेवामा विश्वास गर्छु, निस्वार्थ सेवाबाट म मेरो देश बनाउनेछु, म सबैसँग सहकार्य गरेर अगाडि बढ्नेछु, सेवाको निरन्तरता-हाम्रो प्रतिबद्धता’ भनी स्वयंसेवी युवाहरुले सामुहिक रुपमा संकल्प गरे ।

स्वतस्फूर्त स्वयंसेवामा जुटेका युवाहरुबीच सञ्जाल बनाउनु आवश्यक भएकाले पनि युवाहरु गैरराजनीतिक युवाहरु एकजुट भएको उनीहरुको भनाई थियो । ‘स्वयंसेवा निस्वार्थ हुन्छ,’ वैंकर अनिल शाहले भूकम्पपछि आफूले भोगेको अनुभव साट्दै भने, ‘स्वयंसेवा स्वयंबाटै शुरु हुन्छ ।’ विपदका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने र एकले अर्कोबाट सिक्नपर्ने उनले बताए ।

भूकम्प गएको ४८ घण्टासम्म पनि भूकम्पपीडितहरुका लागि सहयोग गर्ने कुनै प्लेटर्फम नपाएपछि पूर्ण रुपमा ध्वस्त भएको आफ्नो गाउँमा आफू एक्लै पहिलोपटक उद्धारमा जुटेको अर्का युवा रसुवाका संविधान आचार्यले बताए ।

भूकम्पका बेला आफूले भोगेको पीडा र भूकम्प प्रभावित क्षेत्रमा आफूले गरेको योगदानको कथा सुनाउन जम्मा भएका विद्यार्थी, वैंकर, सामाजिक कार्यकर्ताहरुदेखि पूर्व मिस नेपाल सम्मले देश निर्माणका लागि सवै नेपाली जुट्नुपर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment