Comments Add Comment

गगनले आफ्नो क्षेत्रका सबै घरमा इन्जिनियर पठाउने

gagan awereness

२३ जेठ, काठमाडौ । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले आफ्नो निर्वाचन क्षेत्रका सवै घरमा इन्जिनियरहरु पठाउने भएका छन् ।

थापाको आफ्नै संसदीय सम्पर्क कार्यालयको पहलमा सचेतना कार्यक्रम चलाएका थापाले आफ्नो निर्वाचन क्षेत्रको हरेक घरमा इन्जिनियर पठाउने जनाएका हुन् । भूकम्प प्रविधि राष्ट्रिय समाज (नेस्ट)बाट तालिम प्राप्त इन्जिनियर आफ्नो क्षेत्रको सवै घरदैलोमा पुर्याउने उनले बताए ।
आगामी दुई महिनाका लागि नेस्टबाट तालिम प्राप्त इन्जिनियर राखेर परामर्शका लागि काठमाडौ ४ नम्बर क्षेत्रको सबै घर दैलोमा पठाउने योजना रहेको थापाले बताए ।

भूकम्पले काठमाडौका थुप्रै घरहरु भत्किनुका साथै चर्किएर बस्न योग्न नभएकाले त्यस्ता घरहरुमा रहेको अन्यौलता हटाई नागरिकलाई आफै पुनर्निर्माणमा जुट्न आफ्नो अभियानले मद्दत गर्ने थापाको विश्वास छ ।

सचेतना कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक विजयकृष्ण उपाध्यायले भूकम्पीय सुरक्षाका साथै चर्किएका भत्किएका घरलाई कसरी पुनर्निर्माण गर्ने र भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण कसरी गर्ने भन्ने विषयमा जानकारी दिएका थिए ।

काठमाडौ महानगरपालिका वडा नम्बर ७ र ८ लाई लक्षित गरेर भूकम्प प्रतिरोधी आवास निर्माण सम्बन्धी सचेतना कार्यक्रमको दोस्रो श्रृंखला सम्पन्न भएको थापाको संसदको सम्पर्क कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment