Comments Add Comment

प्रधानमन्त्री कोइरालाले २५ मीनेट खेले फुटबल

Pm-Susil-koiral-Playing-Football

२३ जेठ, काठमाडौं । भूकम्पपीडितका लागि सहयोग जुटाउन आयोजित कलाकार र नेताको फुटबल भिडन्तमा प्रमुख दलका शीर्षनेताहरुले सहभागिता जनाएका छन् ।

नेताहरुको टोलीको कप्तानी प्रधानमन्त्री सुशील कोइरालाले सम्हालेका थिए भने कलाकारको कप्तान भने मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य रहे ।

सशस्त्र प्रहरीको हलचौक मैदानमा राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीलाई बल हस्तान्तरण गरे । लगत्तै प्रमुख दलका शीर्ष नेताहरुले नै प्लेइङ ११ मा रहेर खेले ।

प्रधानमन्त्री कोइरालासँगै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भटराई, एमाले नेता झललाथ खनाल, माधवकुमार नेपाल नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य लगायतले सुरुमा नै खेले ।

एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्ड झण्डै ५ मिनेटमा नै मैदानबाट बाहिरिए । तर, प्रधानमन्त्री कोइरालाले भने झण्डै २५ मिनेट मैदानमा बिताएका छन् ।

खेल कलाकारहरूको टोलीले ३-० ले जितेको छ । खेलको आयोजना नयाँ पत्रिका दैनिकले गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment