Comments Add Comment

फुटबल मैदानमा देखियो दलहरुको एकता (फोटो फिचर)

Neta Vs Kalakar football Match  (1)

२३ जेठ, काठमाडौं । शनिबार काठमाडौंमा गर्मीको पारो जति उचाइमा पुगेको थियो, हलचोक मैदानमा माहोल पनि कम थिएन ।

भूकम्प प्रभावितका लागि सहयोग जुटाउने उद्देश्यले नेता र कलाकारको फुटबल खेल आयोजना गरिएको थियो ।

काठमाडौंको तापक्रम ३५ डिग्री पुगेको थियो । तर, चर्को घामको परवाह नगरी प्रधानमन्त्री सुशील कोइरालादेखि एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यसहितका नेताहरु मैदान उत्रिए ।

Neta Vs Kalakar football Match  (7)

नेताहरुविरुद्धको टीममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, करिश्मा मानन्धरसहितका कलाकार थिए ।  राष्ट्रपति डा. रामवरण यादवले बल हस्तान्तरण गरे । र, उपराष्ट्रपति परमानन्द झासँगै बसेर खेल हेरे ।

नेताहरुको टोलीको कप्तानी सम्हालेका प्रधानमन्त्री कोइरालाले झण्डै २५ मिनेट मैदानमा विताए । अन्य नेताहरुले पटक-पटक मैदान बाहिर निस्कने हो कि भनेर सोध्न जाँदा पनि उनले मानेनन् र मैदान बसेर टीमको हौसला बढाए ।

Pm-Susil-koiral-Playing-Football 2

एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि निकै फुर्तिका साथ खेले । एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्ड झण्डै ५ मिनेटमा नै मैदानबाट बाहिरिए ।

नयाँ पत्रिका दैनिकले आयोजना गरेको खेल कलाकारहरुको टीमले ३-० ले जितेको छ । भूकम्प प्रभावितहरुको सहयोगका लागि आयोजित खेलमा सरकारदेखि बैद्य माओवादीसम्म फुटबल मैदानमा देखिएको एकताले सकारात्मक सन्देश दिएको छ ।

यो पनि पढ्नुस्

प्रधानमन्त्री कोइरालाले २५ मीनेट खेले फुटबल

Neta Vs Kalakar football Match  (8)

Pm-Susil-koiral-Playing-Football 4

यो पनि पढ्नुस्

फुटबल खेलमा कलाकारसँग नेता टोली पराजित(फोटो फिचरसहित)

Pm-Susil-koiral-Playing-Football 3

Kp oli Playing-Football Neta Vs Kalakar football Match  (2) Neta Vs Kalakar football Match  (3) Neta Vs Kalakar football Match  (4) Neta Vs Kalakar football Match  (5) Neta Vs Kalakar football Match  (6) Pm-Susil-koiral-Playing-Football 1
Pm-Susil-koiral-Playing-Football 5 Prachanda-Playing-Football

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment