Comments Add Comment

सहमतिमा संविधान निर्माण गर्न एमालेले लचकता अपनाउने

२३ जेठ, भक्तपुर । नेकपा एमालेले संविधान निर्माणको लागि सहमति खोज्न अधिकतम् लचकताका साथ प्रयास गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार बसेको स्थायी कमिटी बैठकले संविधान निर्माणमा सहमति जुटाउन अधिकतम् लचकताका साथ प्रयास गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । उनले भने-बैठकमा संविधान निर्माणका लागि एमालेले अधिकतम् लचकता अपनाइने र यसका लागि सबै दलसँग द्विपक्षीय र बहुपक्षीय बैठक गर्ने निर्णय भएको छ ।”

बैठकमा स्थायी कमिटीका सदस्यबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधान निर्माणका क्रममा दलबीच भएका छलफल भएको थियो ।

कुनै पनि बहानामा संविधान निर्माणमा ढिलासुस्ती गर्न नहुने एमालेको अडान रहेको बताउँदै सचिव भट्टरार्इले एमाले राज्य पुनःसंरचना गर्दा भूगोल र पहिचानसहितको बढीमा ६ प्रदेश बनाउने पक्षमा रहेको बताए ।संविधान निर्माणका अवरोधलाई दलसँग छलफल गरेर बीचको बाटोबाट निकास खोज्नेबारे बैठकमा छलफल भएको उनको भनाइ थियो ।

पछिल्लो समयमा बहसको विषय बनेको राष्ट्रिय सहमतिको सरकारको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा भट्टरार्इले छिटो संविधान निर्माण, विपद् व्यवस्थापन र स्थानीय निकायको निर्वाचन गर्ने गरी राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने बताए ।

सहमतिको सरकार निर्माणले दीर्घकालीन योजनाका साथ विपत् व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सक्ने एमालेले ठहर गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment