Comments Add Comment

च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई, ट्रेबलको कीर्तिमान

२४ जेठ, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ ।

शनिबार राति भएको फाइनलमा युभेन्टसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग, कपसँगै च्याम्पियन्स लिग जितेर ट्रेबलको कीर्तिमान बनाएको छ ।

Messi, Neymar and Luis Suarez

बर्लिनको ओलम्पिक स्टेडियममा दक्षिण अमेरिकी तीन सुपरस्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज भएको बार्सिलोनाविरुद्ध युभेन्टसले बहादुरीपूर्ण प्रदर्शन गरेको छ ।

चौथो मिनेटमा नै राकिटिकले गोल गरेपछि बार्सिलोनाको सहज जितको अनुमान गरिएको थियो । युभेन्ट्सको डिबक्समा बलमा  नेयमारको पासमा इनिस्टाले मिलाइदिएको बलमा राकिटिकले वन टच गोल गरे ।

तर, एक गोल आइसकेपछि पनि युभेन्टसले हार मानेन र पहिलो हाफमा बार्सिलोनाका तीन सुपर स्टारलाई गोल गर्ने मौका दिएनन् ।

Barcelona Win Champions League 4

दोस्रो हाफको ५५ औं मिनेटमा माराटाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । कार्लोस टेभेजको प्रहारमा बार्सिलोनाका गोलरक्षकले रोक्दा फर्किएर आएको बलमा अनमार्क रहेका मोराटाले क्लोज रेन्जबाट गोल गरेका हुन् ।

तर, खेलको ६८ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । लिओनल मेस्सीको प्रहार बुफिनले रोकेपछि बल नियन्त्रणमा लिन सकेनन् र बाउन्स भएको बलमा स्वरेजले गोल गरे ।

खेलको ७२ औं मिनेटमा नेयमारले हेड गोल गरेका थिए । तर, ह्याण्ड भएको भन्दै रेफ्रीले मान्यता दिएनन् ।

तर, अन्तिम मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो । फ्रिकिकका लागि युभेन्टसको सबै डिफेण्डर अगाडि बढेको मौकामा मध्यभागमा बल पाएका नेयमारले डि बक्स एरिया नजिकै पेड्रोसँग पास खेल्दै गोल गरेका हुन् ।

Barcelona Win Champions League 5

Barcelona Win Champions League 6

Barcelona Win Champions League 3

Barcelona Win Champions League 1 Barcelona Win Champions League 2 Barcelona Win Champions League

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment