Comments Add Comment

पशु पाल्ने युवालाई २४ लाख अनुदान

२४ जेठ, बागलुङ । व्यावसायिक पशुपालन गरेका यहाँका युवाले यस वर्ष करिब २४ लाख रूपैयाँ सरकारी अनुदान पाएका छन् ।

युवालक्ष्यित विशेष कार्यक्रममार्फत गाईभैँसी, बाख्रा र बङ्गुरपालनका लागि २३ लाख ७५ हजार रूपैयाँ अनुदान दिइएको हो । ‘युवा लक्ष्यित कार्यक्रमले व्यावसायिक पशुपालन गर्ने युवालाई प्रोत्साहन मिलेको छ, अनुदान पाएपछि किसान पनि उत्साहित छन्’, वरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीले बताए । सरकारले कृषि र पशुपालनका क्षेत्रमा युवालक्ष्यित विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।

‘सरकारी अनुदानले हामीजस्ता किसानलाई ठूलो टेवा पुगेको छ, पेसाप्रति गौरव पनि बढाएको छ’, किसान हरि रानाले भने, ‘अनुदान काम गर्न सक्नेलाई मात्र दिनुपर्छ, सरकारी सुविधा र अनुदानको दुरुपयोग हुनुहुँदैन ।’ पशु सेवा प्रसारतर्फ पनि व्यावसायिक बाख्रापालन, दुग्धशाला र व्यावसायिक बङ्गुरपालनमा जिल्लाका किसानले अनुदान पाएका छन् । सहकारी बङ्गुर कार्यक्रममार्फत पनि किसानलाई समेटिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment