Comments Add Comment

भूकम्पपीडितलार्इ साउदीबाट २४ लाख सहयोग

जेद्धा, साउदी अरब । साउदीमा रहेका प्रवासी नेपालीले भूकम्पपीडितका लागि २४ लाख रूपैयाँ बराबरको राहत सहयोग प्रदान गरेका छन् । वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछि गएमा पराकम्पनबाट पीडित बनेका नेपालीलार्इ साउदी अरबमा काम गर्ने नेपालीबाट संकलन भएको २४ लाख ३१ हजार ५५ रुपैंयाँ राहत सहयोग प्रधानमन्त्री प्राकृति प्रकोप राहत कोषमा जम्मा गरिएको छ ।

saudi

साउदी अरबको पश्चिमी क्षेत्रबाट वृहत एवं एकीकृत रुपमा राहत संकलन गर्नको निम्ति गत मे १ मा त्यस क्षेत्रमा क्रियाशील सबै नेपाली सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु, जनरल कन्सुलेटका अधिकारी एवंसमाजसेवी तथा बुद्धिजीवी व्यक्तित्वहरुको संयुक्त भेलाले राहत संकलन अभियान थालेको हो । अभियान सञ्चालन गर्न नेपाली जनरल कन्सुलेट जेद्धाको संरक्षकत्वरहने गरी समाजसेवी अन्जन पोखरेलको संयोजकत्वमा “भूकम्प पीडित राहत संकलन समिति, पश्चिम क्षेत्र, साउदी अरब” गठन गरिएको थियो । अभियानका लागि साउदी अरबको पश्चिम क्षेत्र अन्तर्गत जेद्धा, ताईफ र याम्बुका प्रवासी नेपालीहरुले साथ दिएका थिए ।

अभियानको पहिले चरणको कार्यक्रम अन्तर्गत गत मे १२, १५ र १९ तारिखमा तीन पटक प्रधानमन्त्री राहत कोषमा १८ लाख ८१ हजार ७ सय छत्तिस रुपैंयाँ पठाएको थियो । दोस्रो तथा अन्तिम चरण अन्तर्गत ५ जुनमा ५ लाख ४९ हजार ३ सय ४९ रुपैंयाँ पठाएको छ ।

अभियान समापनको अवसरमा अायोजित कार्यक्रममा अभियानका संयोजक अन्जन पोखरेलले राहत संकलनमा साथ दिने सबैलार्इ धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment