Comments Add Comment

एमालेले तराईमा दाल चामल संकलन गर्ने

२४ जेठ, काठमाडौं । नेकपा एमालले भूकम्प प्रभावितका लागि राहत जुटाउन तराईका जिल्लाहरुमा खाद्यान्न संकलन अभियान चलाउने भएको छ ।

CPN_UML_officeएमाले भूकम्प पीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समिति’को बैठकले तराईका २० जिल्लामा पार्टीपंक्तिले अभियानका रुपमा खाद्यान्न (दाल-चामल) संकलन गरी पीडितहरूसमक्ष पुर्‍याउन निर्देशन दिएको छ ।

घर-घरसम्म खाद्यान्न संकलन गरी पार्टी केन्द्रसँग समन्वय गरी तोकिएको जिल्लामा पठाइनेछ । यसका लागि झापादेखि कञ्चनपुरसम्मका २० वटा जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटीहरु र कार्यरत जनसंगठनहरूलाई परिचालन गरिने एमालेले जनाएको छ ।

खाद्यान्न संकलन अभियानको संयोजन पार्टी सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने एमालेले जनाएको छ ।

एमाले बैठकले पूर्ण क्षतिग्रस्त भएका घरहरुको सट्टा नयाँ घर निर्माणको प्याकेज बनाई राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगदाता र सरकार मिलेर वर्षायाम सुरु हुनु अघि नै पीडितहरुलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउनु पर्नेमा जोड गरेको छ ।

बैठकमा नेताहरुले भूकम्प प्रभावित जिल्लाहरूमा राहत वितरण व्यवस्थित हुन नसकेको, सुगम स्थानको तुलनामा दुर्गम गाउँहरूमा अझै पुग्न नसकेको र कतिपय ठाउँमा राहत बितरणमा राजनीतिकरणका प्रवृत्ति देखिएको रिपोर्टिङ गरेका छन् ।

काठमाडौंको गोंगबु क्षेत्रमा अझै ५०/६० जना व्यक्ति भत्किएका संरचनाहरुमा पुरिएको अवस्थामा रहेको भन्दै त्यस क्षेत्रमा उद्धार कार्य केन्दि्रत गर्नुपर्नेमा जोड दिएको छ । साथै भत्किएका घरहरुसँगै ठूलो लगानी रहेका थुप्रै व्यावसायीहरूको लगानी धराशायी भएको भन्दै सरकारले छुट्टै शीर्षकअन्तर्गत राहत र सहयोगको घोषणा गर्नुपर्ने सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment