Comments Add Comment

४ दलले गरेको सहमतिप्रति ७ दल दुःखी

२६ जेठ, काठमाडौं । प्रचण्ड नेतृत्वको विभाजित ३० दलीय मोर्चाका ७ दलले सोमबार मध्यरातमा भएको १६ बुँदे सहमतिप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले प्रमुख चार राजनीतिक दलबीच भएको सहमतिको समर्थन र विरोध केही पनि नगरेर तत्काललाई मौन बस्ने निर्णय गरेका छन् ।

pasang-sharpa

  • पासाङ शेर्पा, अध्यक्ष, सामाजिक लोकतान्त्रिक पार्टी

‘चार दलको सहमतिको विषयलाई लिएर मोर्चामा विवादको जुन परिस्थिति आयो त्यसप्रति हामी दुःखी छौं,’ सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पाले अनलाइनखबरसँग भने, ‘तत्काल समर्थन-विरोध केही नगर्ने निर्णय गरेको छ ।

शेर्पाले पहिचानवादी, जातिय संघसंस्था, बुद्धिजिवी लगायतसँग परामर्श गरेर मात्रै धारणा तय गर्ने जानकारी दिए ।

बैठकमा सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान, जनमुक्ति, नेपाः राष्ट्रिय पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, आदिवासी जनजाती पार्टी र थरुहट तराई पार्टीका नेताहरु सहभागी थिए ।

७ पार्टीको अलग्गै बैठकपछि अहिले मोर्चामा आबद्ध मधेसवादी दलहरुसँगको बैठकमा सहभागी भएका छन् । बैठक तराई-मधेस लोकतान्त्रिक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छ ।

यो पनि पढ्नुस्

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा फुट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment