Comments Add Comment

बजाज अटो इन्डियाको १६ करोड सहयोग

२९ जेठ, काठमाडौं । बजाज अटो इन्डियाले नेपालमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि १६ करोड रुपैयाँ सहयोग गरेको छ । यो रकम भारतीय प्रधानमन्त्री राहत कोषमार्फत नेपालको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताइएको छ ।

Bajaj-bikes-logoकम्पनीले गरिव तथा सो-रोजगार महिलाहरुको लागि काम गरिरहेको सेवा नामक एनजिओलाई ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यो एनजिओ ललितपुरको खोकना गाउँमा केन्द्रित छ ।

बजाज अटो अन्तर्राष्ट्रिय व्यापार शाखाका अध्यक्ष राकेश शर्माले अकल्पनिय प्राकृतिक विपत्तिको सामना गर्नुपरेको नेपालमा आफुहरुले गरेको सानो सहयोगले केही राहत मिल्ने विश्वास व्यक्त गरे ।

बजाज अटोको लागि नेपाल अत्यन्तै महत्वपूर्ण मुलुक हो । ‘हामी यहाँ विगत २० वर्ष देखि रहेका छौं, नेपालका सडकमा बजाजका साढे तीन लाख बढी बजाज बाइक कुद्ने गर्छन’ शर्माले भने ।

बजाजका ग्राहक, डिलर, विक्रेता तथा प्राविधिकहरुसँग मिलेर भूकम्पिय क्षति पुगेका सवारी साधनको जतिसक्दो छिटो मर्मत गर्न प्रयासरमा रहेको अध्यक्ष शर्माले बताए ।

बजाज भारतको ठूलो कर्पोरेट हाउस हो जुन विभिन्न व्यवसायहरुमा संलग्न छ । नेपालमा बजाज मोटरसाइकल हंसराज हुलासचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने- ‘राष्ट्रको पुनर्निर्माण र पुनस्र्थापनको लागि बजाजले गरेको अमूल्य योगदान प्रति हामी धेरै कृतज्ञ छौं,  हामी बजाजसँग सहकार्य गर्न पाएकोमा अत्यन्त आभारी छौं र हामी यो संस्थाको नेपालमा राहत वितरणका लागि समर्थन गर्ने प्रतिबद्धता जनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment