Comments Add Comment

दोहोरो कमाई गर्दै डोल्पाका शिक्षक, कर्मचारी

३ असार, डोल्पा । यतिखेर डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्ने मौसम चलिरहेको छ ।

यार्सा सङ्कलनका लागि सर्वसाधारणमात्र पाटन गएका छैनन् शिक्षक, गाविस सचिव, खरिदार, सुब्बालगायतका जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखदेखि सहायक कर्मचारीसम्म पनि यार्सा टिप्न पाटनतिर लागेका छन् ।

हरेक वर्ष यार्सा मौसमको सुरुवातसँगै कर्मचारीहरु यार्सा टिपाइबाट राम्रै आम्दानी गर्ने गर्छन् भने सरकारबाट उपलब्ध तलब भत्ता पनि पाएकै हुन्छन् ।

यार्सा मौसम सुरु भएलगत्तै सबैजसो सर्वसाधारण यार्सा सङ्कलनका लागि यार्सापाटनतिर लाग्ने भएकाले सेवाग्राहीहरु सेवा लिन नआउने भएर पाटनतिर गएको त्रिपुराकोट गाविसका सहलेखापाल हरिचन्द्र हमालले बताए ।

यदि कोही सर्वसाधारण सेवा लिन आइहाले पनि जिल्लामा बसेका कुनै सचिवको जिम्मा दिने उनले बताए । उनले यो एक महिने अवधिमा यार्सा सङ्कलनबाट राम्रै कमाई हुने बताए ।

यता विद्यार्थी सबै यार्सापाटनतिर लागेकाले विद्यालय बन्द भएपछि माझफाल गाविसस्थित थरगाउँमा पर्ने लक्ष्मी माध्यमिक विद्यालयका गगनकुमार बुढा पनि यार्सा टिप्न पाटनतिर लागेका थिए । यस वर्ष यार्सा टिप्दा गत वर्षको तुलनामा त्यति कमाई नभएको उनले बताए ।

‘गतवर्ष एक महिने अवधिमा रु एक लाख कमाएँ तर यस वर्ष भने रु पचास हजारमात्रै कमाई भयो,’ उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment