Comments Add Comment

बहुविवाह गर्ने मुकेश नयाँ ससुरालीबाट पक्राउ

३ असार, गौशाला । छोरा नजन्माएको भन्दै एउटा पत्नी हुँदाहुँदै अर्को विवाह गरेको एक युवकलाई प्रहरीले नयाँ ससुरालीबाट पक्राउ गरेको छ ।

thieft arrestedपक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–९ बस्ने ३० वर्षीय मुकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जेठ ३२ गते राति महोत्तरीको गौशाला–४ बस्ने वीरेन्द्र महतोकी छोरी १८ वर्षीया सीमासँग बहुविवाह गरी उनकै घरमा बसिरहेको मुकेश र सीमालाई विहिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मुकेशले २०६९ मा सञ्जु देवीसँग विहे गरिसकेका थिए । सन्जुले बुधबार पति मुकेशविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहुविवाह मुद्दा दायर गरेपछि जिप्रकाबाट खटिएको टोलीले मुकेश र सीमालाई नयाँ ससुराली घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

उनीहरुमाथि बहुविवाह मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment