Comments Add Comment

केपी ओली दिल्ली नगई किन गए बैंकक ?

KP-Oli-In-TIA

  • बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पार्टीका नेताहरुसँग एमाले अध्यक्ष केपी ओली

३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रायः तीन तीन/तीन महिनामा दिल्ली जाने गरेका थिए । मृगौला प्रत्यारोपण गरेका ओलीलाई नियमित स्वाथ्य जाँचका दिल्ली जानुपर्ने बाध्यता थियो ।

तर, ओली दिल्लीमा उपचारका लागि नगएको धेरै भइसकेको छ । यसपटक पनि उनले दिल्लीको साटो बैंकक रोजेका छन् । बुधबार उनी स्वास्थ्य परीक्षणका लागि बैंककतर्फ लागेका हुन् ।

एमाले स्रोतका अनुसार प्रधानमन्त्री हुने बेलामा स्वास्थ्योपचारकै लागि भए पनि दिल्ली जाँदा नेपालको राजनीतिमा अनेकन टीकाटीप्पणी हुने डर ओलीलाई लागेको थियो ।

तर, यही डरका कारणले मात्रै ओली दिल्ली नगएका चाहिँ होइनन् । दिल्लीमा ओलीको ‘फलोअप’ गर्ने डाक्टर अमेरिकातिर गइसकेका छन् । विगतमा बैंककमा फंग्सको उपचार गराउने क्रममा ओलीले मृगौलासम्बन्धी जाँचसमेत त्यहीँ गराएका थिए । अमेरिका पुगेका भारतीय डाक्टरसँग बैंककमै फोन सम्पर्क गरेर ओलीको समस्याबारे छलफल गरिएको थियो ।

‘उहाँले दिल्लीमा गराउँदै आउनुभएको मृगौलाको परीक्षण पनि अब बैंककमै हुन्छ,’ ओली निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यसले गर्दा दिल्ली जाँदा हुन सक्ने राजनीतिक अडकलबाजीबाट पनि जोगिन सजिलो भएको छ ।’

सूत्रका अनुसार मे २७ तारेखमै ओलीले स्वास्थ्यजाँच गरिसक्नुपर्ने थियो । देशमा भूकम्पको विपति आएको र राजनीतिक छलफलमा सहभागी हुनुपरेकाले उनले करिब तीन सातापछि मात्रै स्वास्थ्य उपचारका लागि समय निकालेका हुन् ।

चाँडै प्रधानमन्त्री बन्ने अवस्था आयो भने नभ्याइने भएकाले अहिलेको समय रोजिएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment