Comments Add Comment

राहत नपाएर कोही भोकै मरेका छैनन् : बामदेव गौतम

bamdev-Gautam

३ असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले विनाशकारी भूकम्पपछि राहत नपाएर कोही नमरेको टिप्पणी गरेका छन् ।

एमालेले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेता माधवकुमार नेपालले राहत वितरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको तथा गर्न चाहनेलाई पनि गर्न नदिएको भन्दै ध्यानाकर्षण गराएका थिए । १ हजार १२ सय घर भएको गाविसको तथ्यांक समेत संकलन गर्न नसक्नु लाजमर्दो भएको नेपालले बताए ।

तर, नेपालको आलोचनाप्रति असन्तुष्टि जनाउँदै एमाले कार्यबाहक अध्यक्ष समेत रहेका गौतमले त्रिपाल नपाएर सुत्न नपाउने कोही पनि नरहेको बताए । उनले भने-‘खान नपाएर कोही मरेरका छैनन् । त्रिपाल नपाएर सुत्न नपाएका पनि छैनन् । राहत पुग्न केही ढिलो भएको हुनसक्छ ।’

उनले भने-संयुक्त राष्ट्रिय सरकार बन्दैछ । एमालेले नेतृत्व गर्ने हैसियत राख्छ । अब सानो कुरा भनि हालौं, त्यसबेला अहिले भन्दा कति राम्रो हुने रहेछ हेरौंला ।’

गृहमन्त्री गौतमले नेपाललाई सहयोग भनेर घोषणा गरे जस्तो सहयोग नआएको बताए । उनले भने-‘अरु देशमा विपद आए नेपालले पनि सहयोग धेरै घोषणा गरे हुने भयो ।’

अरु देशमा सानो विपदमा पनि धेरै रकम जुटेको भए पनि नेपालमा यस्तो नभएको भन्दै गौतमले ‘संसार स्वार्थी भइसकेछ’ भन्ने टिप्पणी गरे ।

सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेपछि केही मान्छेले आफू खुसी गर्न नपाएकोमा मात्र सरकारको आलोचना गरेको गौतमले बताए ।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा नगर्ने प्रवृत्ति बढेको उनको गुनासो थियो । गृहमन्त्री गौतमले अब अरुको मुख नताकी नेपालीहरु आफ्नो स्रोत परिचालन गर्नु पर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment