Comments Add Comment

बुटवलमा बस र मोटरसाइकल ठोक्किए, २ घाइते

Byke-and-Bus-Accident-at-Bu

  • बुटवलको मिलनचोकमा भएको दुर्घटना । तस्वीर : कपिल ज्ञवाली/अनलाइनखबर

३ असार, रूपन्देही । बुटवलको मिलनचोकमा विहीबार दिउँसो ३ वटा सवारी साधन ठोक्किदा २ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारकालागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ ।

बुटवल गोलपार्कबाट बर्दघाटका लागि छुटेको लु १ ख ३०११ नम्बरको बस, चौराहादेखि गोलपार्कतर्फ जांँदै गरेका लु १९ प ७००५ र लु १७ प ८०४ नम्बरका मोटरसाईकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाईकल चालक घाइते भएको प्रहरीले जनाएको छ । बस चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको कार्यालय प्रमुख केदारराज पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment