Comments Add Comment

हिमालय टेलिभिजनका पत्रकारका सबै माग पूरा

३ असार, काठमाडौं । हिमालय टेलिभिजनको व्यवस्थापन पक्ष पत्रकारहरुको बाँकी पारिश्रमिक असार १० गते भित्र उपलब्ध गराउन सहमत भएको छ । ०७१ चैत मसान्तसम्मको पारिश्रमिक आजै र बाँकी दुई महिनाको पारिश्रमिक असार १० गतेभित्र दिने सहमति भएको हो ।

तीन महिनादेखि तलब नपाएपछि नेपाल पत्रकार महासंघको समेत सहभागीतामा हिमालय टेलिभिजनमा कार्यरत पत्रकारहरुले आन्दोलन गर्दै आएका थिए ।

विहीबार टेलिभिजन व्यवस्थापन पक्ष, महासंघ र त्यहाँ कार्यरत पत्रकारका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा पत्रकारहरुले राखेका ५ बुँदे माग पूरा गर्न व्यवस्थापन पक्ष सहमत भएको नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्सालले जानकारी दिए ।

सहमति पत्रमा हिमालय टिभीका कार्यकारी निर्देशक च्याङ अग्रवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र महासंघ प्रतिष्ठान शाखा अध्यक्ष वाइपी घिमिरेले हस्ताक्षर गरेका छन् ।

यसअघि यही असार १ गते महासंघकै उपस्थितिमा भएको वार्तामा एभिन्यूज टेलिभिजन ३ दिन भित्र  सबै पारिश्रमिक उपलब्ध गराउन सहमत भएको थियो ।

हेर्नुस् यस्तो छ सहमति

Agreement-with-Himalaya-TV

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment