Comments Add Comment

खुमबहादुर भन्छन्- कांग्रेस पतनको बाटोमा, सत्ता कम्युनिष्टको हातमा

khum-Bhadur-Khadka

३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले अब बन्ने संविधानमा धर्म निरपेक्ष लेखेकै दिन आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत रहेका खड्काले धर्म निरेक्षता नेपाली कांग्रेसका लागि पनि दुर्भाग्यपूर्ण हुने बताए ।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको कार्यक्रममा खड्काले धर्मनिरपेक्षतालाई स्वीकार्ने अदुरदर्शी निर्णयले कांग्रेस पतनको बाटोमा गएको बताए । उनले अब सत्ता कम्यूनिष्टहरुको हातमा पुग्ने ठोकुवा गरे ।

खड्काले धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अन्यथा आन्दोलन गर्ने बताए । उनले भने- विश्वकै उत्कृष्ट भनिएको ०४७ सालको संविधानको हालत के भयो ? सबैले देख्नु नै भएको छ । धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र उल्लेख नगरे त्यस्तो संविधान हामी मान्दैनौं च्यातेर आन्दोलनमा जान्छौ ।’

नयाँ संविधानको प्रस्तावनामा हिन्दु राष्ट्र र बहुलबाद लेखिनु पर्ने माग उनले गरे ।

खड्काले बहुमतको आडमा मधेसवादी दलहरुलाई उपेक्षा नगर्न र मधेसको भावनालाई समेटेर अघि बढ्न नेताहरुलाई सुझाव दिए ।

महाअभियानका सहसंयोजक लक्ष्मण घिमिरेले मुलुकको संकट समाधान गर्न पनि हिन्दु राष्ट्र कायम हुनु पर्ने भन्र्दै धर्मको विषयमा जनमत संग्रह गर्नुपर्ने माग गरे ।

महाअभियानका सदस्य सचिव कुमार रेग्मीले राष्ट्रियताको आधार धर्म र भाषा भएको भन्दै यसले मुलुकको मौलिकता र एकता कमजोर बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment