Comments Add Comment

दाइजो नल्याउँदा पूर्वमन्त्री गुप्ताले श्रीमतीलाई घरबाट निकालेको आरोप

३ असार, काठमाडौं । पूर्वकानूनमन्त्री एवं संविधानसभाका वर्तमान सदस्य बृजेशकुमार गुप्तामाथि दाइजो नल्याएको भन्दै श्रीमतीलाई घरबाट निकालेको आरोप लागेको छ ।

Sangita-Guptaस्कार्पियो सीआडीई मोडलको सवारी साधन दिन माग गर्दै आफूमाथि हिंसा सुरु भएको पूर्वमन्त्री गुप्ताकी पत्नी संगीताले बताइन् । बृजेश र संगीताबीच सात वर्षअघि विवाह भएको थियो ।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर श्रीमती गुप्ताले आफूलाई घर फर्किए हत्या गर्ने धम्की बृजेशले दिएको बताइन् ।

४ महिनादेखि घर जान नपाएको बताउँदै उनले राष्ट्रिय महिला आयोगदेखि विभिन्न स्थानमा धाए पनि न्याय नपाएको गुनासो पोखिन् ।

आफूलाई पतित प्रमाणित गर्न घरमा काम गर्ने नोकरबाट आफूमाथि दुब्र्यहार समेत गर्न लगाएको भन्दै उनले तत्काल सम्बन्ध विच्छेद नगरे मार्ने चेतावनी दिएको बताए ।

राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाँईले सभासद गुप्तालाई यस विषयमा छलफल गर्न चारपटक बोलाए पनि बेवास्ता गरेर नआएको जानकारी दिएकी छिन् । उनले भनिन्-‘अरु भएको भए प्रहरीले समातेर ल्याउँथ्यो, शक्तिशाली ब्यक्ति भएकाले नल्याएको होला ।’

सबै आरोप झुटा हो : गुप्ता

brijesh-kumar-guptaकपिलवस्तु-३ बाट निर्वाचित तमलोपाका सभासद गुप्ताले भने सबै आरोप झुटो भएको बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै गुप्ताले भने-‘उहाँ घरमा आएदेखि नै विवाद भयो, अहिले बस्न सक्ने अवस्था नै नभएपछि म आफैंले अदालतमा मुद्दा हालेको छु ।’

सम्वन्ध विच्छेदको मुद्दा अदालतमा पुगिसकेपछि आफूलाई बदनाम गर्न प्रचार गरेको सभासद गुप्ताको दाबी छ । उनले भने-‘अदालतले जे फैसला गर्छ, म त्यसलाई मान्न तयार छु ।’

महिला आयोगमा अनुपस्थित भएको विषयमा भने सभासद गुप्ताले अहिलेसम्म कुनै पत्र नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment