Comments Add Comment

गलिल राइफल भरोसादार हतियार हो : सेना

३ असार, काठमाडौं । नेपाली सेनाले इजरायलमा बनेको गलिल राइफल भरोसादार हतियार भएको बताएको छ ।

nepal-army-logoराष्ट्रिय सेना र त्यसको विशेष फौजलाई सुहाउँदो हतियार तथा उपकरणहरूले समयमै सुसज्जित गर्न सकेमात्रै उनीहरूबाट परेको समयमा काम लिन सकिने सेनाको भनाइ छ ।

यही उद्देश्यका कारण इजरायलमा मात्रै निर्माण हुने गलिल राइफल खरिद गर्न लागिएको जंगी अड्डाले विहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

‘नेपाली सेनाको विशेष फौजले प्रयोगमा ल्याइरहेको इजरायली हतियार उद्योगमा मात्रै निर्माण हुने गलिल राइफल उपयुक्त सावित भइसकेको एक भरोसादार हतियार हो,’ सेनाको विज्ञप्तिमा भनिएको छ, ‘हतियारको खरिद प्रक्रिया आर्थिक वर्षको सुरू देखि नै थालनी गरिएको हो, यस अवस्थामा प्रधानसेनापतिको कार्यकालको अन्त्य एउटा संयोग मात्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment