Comments Add Comment

पहिरो खस्ने डरले रातभर जाग्राम

४ असार, म्याग्दी ।वर्षा सुरु भएसँगै गाउँमाथिको भीरबाट पहिरो खस्न सुरु भएपछि जिल्लाको बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा त्रासका कारण रातभर जाग्राम बस्न बाध्य छन् ।

म्याग्दीको भकिम्ली गाविस–९ तोराखेतको डिलबाट वर्षासँगै पहिरो खस्न थालेपछि भीरको पुछारमा रहेको बगरफाँटका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

विसं २०६६ देखि खस्न सुरु गरेको तोराखेतको पहिरोले हरेक वर्षायाममा गाउँलाई क्षति पुर्याउँदै आएको छ । पहिरोकै कारण तोराखेतका १९ घर परिवार घर छोडेर अन्यत्र बस्न थालेका छन् ।

पहिरो फुट्यो भने १९० घरधुरी रहेको बगरफाँट गाउँका साथै बेनीबजारको मङ्गलाघाट क्षेत्रलाई समेत खतरा हुने जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीका भूसंरक्षण अधिकृत दिवाकर पौडेलले बताए ।

वर्षाको सुरुवातसँगै तोराखेतको पहिरो खस्ने क्रम सुरु भएको छ । रातको समयमा पहिरो खस्दा बगरफाँटका बासिन्दा घरबाहिर निस्केर पहिरो हेर्दै रात बिताएको बगरफाँटका टेकबहादुर कार्कीले बताए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment