Comments Add Comment

विश्व बैंक र एडिबीले दाता सम्मेलनमा ६० अर्ब सहुलियतको घोषणा गर्ने

४ असार, काठमाडौं । विश्व बैंक र एसियाली विकाश बैंक (एडिबी) ले पुनर्निर्माणका लागि नेपाललाई ६० अर्ब  रूपैयाँ सहुलियत ऋण दिने चासो देखाएका छन । उनीहरूले अागामी असार १० गते काठमाडौंमा हुने अन्तराष्ट्रिय दाता सम्मेलनमा सहुलियत दरको ऋण दिने घोषणा गर्ने छन् ।
bhukampa  (1)उनीहरूले १ प्रतिशत ब्याजदरमै साे बराबरको रकम उपलब्ध गराउन सकिने  प्रस्ताव गरेको अर्थ मन्त्रालयका  एक उच्च अधिकारीले अनलाइनखबरलार्इ बताए ।
नेपालको पुनर्निमार्णका लागि रकमको अभाव हुन नदिने उदेश्यले  उनीहरूले सहुलियत ऋणको प्रस्ताव गर्ने जनाएका छन । यसअघि गत वैशाखमै अन्तराष्ट्रिय वित्त निगम (अाइएफसी)ले सहुलियत दरमा ऋणा दिने प्रस्ताब गरेको थियो । तर, चालू अार्थिक वर्षमा रकमको अभाव नभएको भन्दै तत्काल सहुलियत दरको ऋणा नलिने राष्ट्र बैंकले जवाफ दिएकाो थियो ।
अागामी २-३ वर्षमा नै नेपालको आर्थिक वृद्धिदर ७ देखि ८ प्रतिशतसम्म पुर्याउनुपर्ने दातृ निकायहरूको जोड छ । केन्द्रिय तथ्यांक विभागले चालू अार्थिक वर्षमा ३.०४ प्रतिशतमात्रै अार्थिक वृद्दि हुने नयाँ तथ्यांक सार्वजानिक गरेको छ ।
एडिबीले यसअघि नै नेपाललाई २० अर्ब ऋण दिने घोषणा गरिसकेको छ ।
राष्ट्रिय योजना अायोगले तयार पारेको पीडिएनए रिपोर्टमा भूकम्पले पुर्याएको क्षतिको पुननिर्माणका लागि ६ खर्ब ६६ अर्ब रूपैयाँ आवश्यक रहेको उल्लेख छ ।  सरकारले पुनःनिर्माणका लागि दुई खर्ब रूपैयाँको कोष खडा गरी त्यसमा सरकारका तर्फबाट २० अर्ब जम्मा गरिइसकेको छ । बाँकी रकम दाताबाट जुटाइने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment