Comments Add Comment

शान्ति सम्झौता लत्याउँदै गए परिणाम घातकः प्रकाण्ड

bepatta ko samjhana

४ असार, काठमाडौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले १२ बुँदे सहमति र बिस्तृत शान्ति सम्झौता लत्याउँदै गए परिणाम घातक हुने चेतावनी दिएका छन् ।

काठमाडौँको गोलढुङगामा तत्कालिन सशस्त्र युद्धका बेला वेपत्ता भएकाहरुको सम्झनामा गरिएको कार्यक्रममा बोल्दै प्रकाण्डले विस्तृत शान्ति सम्झौताको पालना गर्ने प्रमुख चार दलका नेताहरुलाई आग्रह गरे ।

जनयुद्धबाट आएको महत्वपूर्ण शक्तिहरुलाई बाहिर राखेर गरेको गरिएको १६ बुँदे सम्झौता स्वीकार्य नहुने उनले बताए । १२ बुँदे सहमति र शान्ति सम्झौतामा संसदीय ब्यवस्थामा जाने कुरा कहिँकतै उल्लेख नभएको बताए ।

दश वर्षे युद्धका बेला बेपत्ता भएका बिपिन भण्डारी, दिलबहादुर राई लगायतका वेपत्ता नागरिकको सम्झानामा गरिएको कार्यक्रममा बोल्दै वेपत्ता परिवारले शहीद तथा वेपत्ता परिवारको सम्मान गर्न आग्रह गरे ।

अझैसम्म पनि वेपत्ता अखिल क्रन्तिकारीका सचिवालय सदस्य विपिन भण्डारीका बुबा एकराज भण्डारीले वेपत्ता तथा शहीदहरुलाई विर्सिएर उनीहरुको ब्याज खाएर नेताहरु रमाइरहेको टिप्पणी गरे ।

एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य देबेन्द्र पराजुलीले १६ बुदे सहमति बाध्यात्मक परिस्थितिको उपज भएको बताए ।

एमाओवादी निकट अखिल क्रन्तिकारीका अध्यक्ष रमेश मल्लले १६ बुँदे सहमति जनयुद्धको स्पि्रटविपरित भएको भन्दै आफूहरु सहमतिको विरुद्धमा रहेको बताए । विभिन्न पार्टी सम्बद्ध विद्यार्थी नेताहरुले १६ बुँदे सहमतिको पक्षविपक्षमा टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment