Comments Add Comment

प्राबिधिक परीक्षण नभएको पुलबाट गाडी गुडे

फाइल तस्वीर
फाइल तस्वीर

४ असार, काठमाडौं । राति २ बजेदेखि रातु खोलको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको पूर्व पश्चिम महेन्द्र राजमार्ग सुचारु भएको छ ।
रातु नदीमा निर्मित प्राबिधिक परीक्षण हुँन बाँकीनै रहेको पक्की पुलबाट गाडी पास गर्न दिइएपछि राजमार्ग सुचारु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी रमेश पण्डितले जानकारी दिए ।

गत वर्ष रातु नदीमा आएको बाढीले पक्की पुल बगाएपछि डाइभर्सनबाट गाडी पास हुँदै आएका थिए । सो डाइभर्सन गए रातीको बाढीले बगाएपछि हजारौं यात्रु अलपत्र परको थिए ।

रातु नदीमा पक्की पुल बनेपनि प्राबिधिक परीक्षण हुन बाँकी रहेकाले गाडी सन्चालनमा आएका थिएनन् । तर राजमार्गनै अवरुद्ध भएपछि यात्रु ओरालेर गाडी पास गराइएको डिएसपी पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment