Comments Add Comment

मस्यौदा समितिमा चार दलवीच फेरि चर्कियो विवाद

४ असार, काठमाडौं । जेठ २५ गते १६ बूँदे सहमति गरेर संविधानका विवादित विषयलाई टुंगोमा पुर्‍याएको दाबी गरेका ४ प्रमुख दलहरुवीच संविधानका अन्तरवस्तुमा फेरि विवाद चर्किएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुले एक अर्कामाथि १६ बुँदे सहमति तोड्न खोजेको आरोप-प्रत्यारोप सुरु गरेका छन् ।

bibad

संवाद समितिको लफडा मस्यौदा समितिमा सर्‍यो

जेठ २५ को १६ बूँदे सहमतिपछि डा. बाबुराम भट्टराई नेतृत्वको  राजनीतिक सम्वाद तथा सहमति समितिले दुई दिन लगाएर सहमतिको प्रतिवेदन संविधान सभालाई बुझाएको थियो । संविधानसभाले सो प्रतिवेदन कृष्णप्रसाद सिटौला नेतृत्वको संविधान मस्यौदा समितिलाई पठाएपछि अहिले मस्यौदा समितिमा चारदलवीच रस्साकस्सी चलिरहेको छ ।

‘संवाद समितिले विवाद समाधान नगरी प्रतिवेदन पठाएजस्तै भएको छ,’ एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिले मस्यौदा समितिमा संविधानको अन्तरवस्तुबारे चर्को विवाद देखिएको छ ।

कार्यदलमा किचलो

मस्यौदा समितिले १६ बुँदे सहमतिमा छुटेका विषयमा सहमति कायम गर्न र मस्यौदा तयार पार्न भन्दै कार्यदल गठन गरेको छ । सो कार्यदलमा विभिन्न ५ वटा उपसमितिका संयोजकहरुलाई राखिएको छ । सतिकिा सभापति कृष्ण सिटौलाकै नेतउत्वमा गठित कार्यदलमा भरतमोहन अधिकारी, प्रकाशशरण महत, हितराज पाण्डे, अइन्द्रसुन्दर नेम्वाङ, जितेन्द्र देव, रमेश लेखक लगायत छन् । कार्यदलमा कानूनविद र महिलालाई समेत थप्ने भन्दै अष्टलक्ष्मी शाक्य, सीता नेपाली र रामनारायण विडारी लगायतलाई पर्यवेक्षकका रुपमा आमन्त्रण गरिएको छ ।

शुक्रबार कार्यदलले उपसमितिले पठाएको प्रतिवेदनमाथि छलफल सुरु गर्दैछ । आज बस्ने बैठकमा केही शीर्षनेतालाई पनि आमन्त्रण गरिने भएको छ । उपसमितिले बुझाएको मस्यौदामाथि समितिमा शुक्रबारदेखि दफाबार छलफल हुने बताइएको छ ।

सिटौला नेतृत्वको कार्यदलले असार ७ भित्र मस्यौदा समितिमा संविधानको ड्राफ्ट बुझाइसक्नुपर्ने छ । संविधानसभाले दिएको कार्यादेश अनुसार ७३ सदस्यीय मस्यौदा समितिले असार १२ गते संविधानको एकीकृत एवं प्रारम्भिक मस्यौदा संविधानसभामा पेश गरिसक्नुपर्नेछ ।
मस्यौदा समितिअन्तरगतको उपसमिति र कार्यदलमा रहेका नेताहरु बिहान ८ बजेदेखि साँझसम्म बैठक र छलफलमा व्यस्त हुन थालेका छन् ।

१६ बूँदेले नसुल्झाएको विवाद

चार दलवीच सम्पन्न १६ बूँदे सहमतिबाट विवाद सुल्भिmएको नेताहरुले बताएका थिए । कार्यदलमा रहेका नेताले दिएको जानकारी अनुसार उपसमितिहरु गठनदेखि नै नयाँ विवाद जन्मिएका छन् । यी विवादबारे शुक्रबार बस्ने कार्यदलको बैठकमा चर्काचर्की हुने देखिएको छ ।
विभिन्न पाँचवटा उपसमितिमा देखिएका संविधानका अन्तरवस्तुसम्बन्धी विवाद यस्ता छन् :

-पहिल्यै सहमति भइसकेका मौलिक हकसम्बन्धी प्रावधान फेर्न नहुने एमाओवादीको अडान छ भने कांग्रेस र एमालेले त्यसमा केही परिमार्जन गरिनुपर्ने बताएका छन् ।

-राज्यको पुनसंरचना अन्तरगत विशेष संरचनाहरु बनाउने कि नबनाउने भन्नेमा विवाद चर्किएको छ । यसअघि भएका सहमतिहरुमा प्रदेशभित्र विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) राख्नुपर्ने एमाओवादीको अडान छ भने सत्तापक्ष यसमा असहमत देखिएका छन् ।

-महिला, दलित र मुस्लिमलगायतको समावेशी प्रतिनिधित्वबारे सत्तापक्ष र प्रतिपक्षवीच विवाद देखिएको छ ।

-प्रदेश सभाको निर्वाचन प्रणाली कस्तो हुने भन्नेबारे १६ बुँदेमा अस्पष्टता रहेकाले उपसमिति र कार्यदलमा यसबारे विवाद चर्केको छ ।
एमाओवादीले प्रदेश सभाको चुनाव पनि समावेशी आधारमा हुनुपर्ने माग गरेको छ भने सत्तापक्षले प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने बताएको छ ।

-आमाका नाममा नागरिकता दिने एवं अंगीकृत नागरिकतामा महिलाको अधिकारबारे एमाओवादी र सत्तापक्षमा विवाद चर्कोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment