Comments Add Comment

लगातारको बर्षाले मुम्बईको जनजीबन अस्तव्यस्त

४ असार, काठमाडौं । भारतको मुम्बईमा भारी वर्षातको कारण जनजीबन प्रभावित भएको छ । वर्षाको आनन्द लिन भन्दै मदिरा पिउँदा मुम्बइका २७ युवकको मृत्यु भएको छ ।
mumbai-rain
मुम्बई जलमग्न भएपछि रेल सेवा र विद्यालय बन्द गरिएको छ । मुम्बई विश्वविद्यालयमा आजको परीक्षा स्थगित भएको छ ।

गाडी गुड्ने सडकहरु जलमग्न भएपछि यातायात सेवा पनि प्रभावित भएको छ । ठाउँ ठाउँमा रुखहरु ढलेर बाटो बन्द भएका छन् ।

स्थानीय प्रशासनले एकदमै जरुरी काम परेकोबेला बाहेक घरबाट बाहिर ननिस्किन सर्बसाधारणलाई आग्रह गरेको छ ।

गत २४ घण्टादेखि मुम्बईमा लगातार पानी परिरहेको छ । स्थानीय मौसम विज्ञान विभागले पानी पर्ने क्रम अझै २-४ दिनसम्म जारी रहने बताएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

वर्षातको आनन्द लिँदा मृत्युको मुखमा

यसैबीच वर्षातको समयमा आनन्द लिने भन्दै घरेलु मदिरा सेवन गर्दा मुम्बईमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । अरु ३३ जना गम्भीर विरामी परेका छन् ।

विरामी परेकाहरुको बिभिन्न अस्पतालमा आईसीयूमा राखेर उपचार भैरहेको छ । दिरा सेवन गरेर मृत्यु भएका र विरामी परेकाहरु २५ देखि ३० बर्ष उमेर समुहका छन् ।

प्रहरीले मदिरा बिक्रेतालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment