Comments Add Comment

काम कुरो एकातिर, कुम्लो बोकी दिल्लीतिर

४ असार, काठमाडौं । महाभूकम्पले क्षति भोगेको देश नवनिर्माणका लागि छटपटिइरहँदा निर्माणसम्बन्धी मन्त्री विमलेन्द्र निधी चाहिँ भूटान र भारततिर अल्मलिए । मन्त्री निधीको विदेशभ्रमणको लक्ष्य थियो ‘बीबीआइएन’ सम्झौता गर्ने ।
Bimalendra-Nidhiसार्क राष्ट्रमध्ये चारवटा देशवीच अर्न्तसम्बन्ध वृद्धिको उद्देश्यले नेपाल, भारत, भुटान र बङ्गलादेशसहित चार देशबीच मोटर भेइकल एग्रिमेन्ट नाम दिइएको यातायात सम्झौता गर्न यसै हप्ता थिम्पु पुगेका मन्त्री निधी नेपाल नफर्किई सिधै दिल्ली पुगे ।

नेपाल मामिलामा चासो राख्ने भारतीयहरूसँग गोप्य भेटघाट गरेका मन्त्री निधीले निकटस्थहरूसँग भोजभतेरमा समेत समय बिताएको स्रोतले बतायो । दिल्लीमा रहेका आफू निकटस्थ भित्रियाहरूलाई भेला गरेर भोज गर्दै उनले अबको राजनीतिक परिवर्तनको सम्भावनाबारे भारतीयसँग छलफल गरे ।

महाभूकम्प र त्यसपछिको पराकम्पले देशमा विनाश र त्रास मच्चिँदा समेत निधीको गम्भीर भूमिका र सक्रियता देखिएन । कतिपयले  यसलाई उनको पहाड र हिमाली क्षेत्रप्रतिको बेवास्ता र पूर्वाग्रही सोच भनेका छन् । भौतिक योजना तथा निर्माण मन्त्रालय जस्तो जिम्मेवार मन्त्रालयको मन्त्री भएर आफै जाग्नुपर्ने बेलामा उनी एउटा काममा विदेश हिँडेर अर्को देशमा पुगे ।

मन्त्री निधीको भुटान भ्रमणमात्रै मन्त्रिपरिषदबाट पारित भएको थियो । उनको भारत भ्रमणचाहिँ नितान्त व्यक्तिगत हो । अनाचवश्यक भ्रमणमा फजुल खर्च नगर्ने कोइराला सरकारको निर्णयमाथि यसले प्रश्न उठाएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पछि मन्त्रिहरूको विदेश भ्रमणमा कडाई गरे पनि उनकै पार्टीका मन्त्रीहरूले अटेर गरेका छन् । विशेषगरी शेरबहादुर गुटबाट मन्त्री बनेकाहरूले सुशीललाई बदनाम बनाउने गरी विदेश सयर गर्ने गतिविधि गर्दै आएका छन् । शिक्षामन्त्री चित्रलेखा यादवले पनि भूकम्पपछि भत्किएका विद्यालय पुर्ननिर्माण र तत्काल संचालनको जिम्मेवारी देखाउनुपर्नेमा बेवास्ता गर्दै विदेश भ्रमण गरेकी थिइन् ।

कोइराला क्याम्पमा देउवानिकटस्थ मन्त्रीहरूको गतिविधिले सरकारलाई बदनाम गराउने काम भइरहेकोबारे समेत छलफल चलेको छ । चित्रलेखा हुन् या निधी, दुबैको भूमिकाले भूकम्पका बेलामा गलत सन्देश गएको कांग्रेसवृत्तमा चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment