Comments Add Comment

भदौसम्म अटो बजार पहिलाकै अवस्थामा फर्किन्छ

Shontosh-khatiwa

सन्तोष खतिवडा, प्रबन्ध निर्देशक, शशिला मोटर्स

पछिल्ला वर्षहरुमा नेपालमा अटोमोबाइल्स व्यवसाय विस्तारै उकालो लागिरहेको थियो । यही क्रममा आर्थिक वर्ष २०१४/१५ कमर्शियल भेहिकलका लागि सबैभन्दा राम्रो वर्ष (गोल्डेन इयर्स) बन्न पुग्यो । नेपालमा सन् २००९/१० मा ८ हजार ८ सय ३२ कमर्शियल भेहिकलको बजार थियो । त्यसपछिका केही वर्ष अटो बजार ओरालो लागेर ४ हजारमा सिमित हुन पुग्यो ।

आर्थिक वर्ष २०१४/१५ मा कमर्शियल भेहिकलको बजार बढेर ११ हजार पुगेको थियो । कमर्शियल भेहिकलको बजार उकालो लागिरहेका बेालमा गएको विनाशकारी भूकम्पले अटोमोबाइल्स उद्योग नै तहस-नहस पारिदिएको छ । भूकम्प अगाडिसम्म कमर्शियल भेहिकलको खरिद बिक्री उत्साहप्रद थियो, अहिले सुस्ताएको छ ।

तिब्र गतिमा अगाडि बढिरहेको अटो बजारमा भूकम्पपछि झ्याप्पै ब्रेक लाग्दा अटो उद्योगका प्लेयरहरुमा ठुलै धक्का पुगेको छ । भूकम्पपछि अटो व्यवसायीहरु अप्ठ्यारो अवस्थाबाट गुजि्रन बाध्य भएका छन् ।

भूकम्पछि अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किन थालिसकेको छ । तर, अटो व्यवसाय अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । अटो व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने पक्षहरु भूकम्बाट धेरै प्रभावित हुँदा यो व्यवसाय सामान्य अवस्थामा फर्किन समय लाग्ने देखिन्छ ।

अटो व्यवसाय बढाउन लगानीकर्ता, ड्राइभर तथा हेल्पर र फाइनान्स कम्पनी गरि तीनवटा पक्षको महत्वपूर्ण भूमिका हुन्छ । पहिलो पक्ष लगानीकर्ता जसले गाडी खरिद गर्छ । गाडी किनेर मात्र हुँदैन, सञ्चालन गर्नका लागि ड्राइभर र हेल्पर चाहिन्छ । तेस्रो पक्ष भनेको बैंक वा फाइनान्स कम्पनी हो, जसले गाडीमा लगानी गरिदिन्छ ।

अटोमोबाइल्स बजारमा तीन पक्षलाई नै ब्यालेन्स गर्न सकियो भने गाडी खरिद बिक्री बढ्ने हो । भूकम्पपछि तीनवटै पक्ष समस्यामा परेका छन् । काठमाठौं केन्द्रीत कमर्शियल भेहिकलका ड्राइभर तथा हेल्परहरु काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा जिल्लाबाट धेरै आउने गर्थे ।

साना तथा मध्यम खालका उद्यमीहरु पनि यही जिल्लाका बढी छन् । भूकम्पपछि उनीहरुको गाउँमा घर भत्किएका छन्, गाउँमा उनीहरुका आफन्त वितेका छन् । जसले गर्दा उनीहरु यतिबेला गाउँ फर्किएका छन् । अहिले उनीहरुलाई साहुको गाडी चलाउनु भन्दा पनि घर बनाउनु महत्वपूर्ण छ । त्यहि भएर ड्राइभर तथा हेल्परहरुको अभाव खडि्कएको छ ।

हिजोका दिनमा बैंकहरुले जसरी लगानी गरिरहेका थिए, आजको दिनमा त्यसरी लगानी गर्ने अवस्था देखिएको छैन । अहिले बैंकहरुको रियल स्टेट, अटोमोबाइल्स तथा विकास आयोजनामा गरेको करोडौं रुपैयाँ लगानीको अवस्था के-कस्तो छ, थाहा छैन ।

आर्थिक वर्षको अन्त्यमा भएको कारणले पनि बैंकहरु आफ्नो पोर्टफोलियो म्यानेजमेन्टमा लागेका छन् । त्यहि भएर ऋण लगानी रोकेका छन्, जसले गर्दा कमर्शियल भेहिकल उद्योगमा असर पर्न गएको छ ।

गाडीका लगानीकर्ताहरु धेरैको बिजेनशमा असर परेको छ । डेढ/दुई महिनाको असर रिकोभर गर्नुपर्ने अवस्थामा छन् । लगानीकर्ताहरु तत्काल लगानीका लागि उत्साहित हुने अवस्था देखिएको छैन । यही कारण अटोमोबाइल्सको बिक्री भोल्यूम तत्कालै बढ्ने अवस्था छैन ।

साना व्यवसायीक गाडीमा ठूलो प्रभाव

भूकम्पले साना व्यवसायीक गाडीहरुको बिक्रीमा सबैभन्दा ठूलो प्रभाव परेको छ । साना व्यवसायीक गाडीमा सानो लगानी गरेर स्वरोजगार बन्नेहरु धेरै थिए । जस्तै, टाटाले ‘एस’ (छोटा हात्ती) भन्दै गाडी बिक्री गथ्र्यो । थोरै लगानी गरेर ड्राइभर र मालिक बन्ने उद्देश्यसहित ‘पीक अप’ गाडीहरु खरिद गर्नेहरुलाई भूकम्पको ठूलो प्रभाव परेका कारण यस्ता गाडीको बिक्रीमा गिरावट आएको छ ।

कारमा पनि ठूलो प्रभाव परेको छ । बरु मोटरसाइकलको भोल्यूम घटेको छैन्, किनभने कार किन्ने मनस्थिती बनाएका मान्छेले पनि मोटरसाइकलमा लगानी गरिरहेका छन् । भूकम्प अगाडि कारको जति पनि बुकिङ लिइएको थियो, केही बुकिङ क्यान्सिल भएको छ । कारको बिजनेश पनि काठमाडौंको हकमा सुस्ताएको छ ।

ढलेको शशिला मोटर्स उठिसक्यो

टाटाको कमर्शियल गाडी बिक्रेता शशिला मोटर्स साँच्चिकै विनाशकारी भूकम्पबाट पीडित भएको छ । हामीले जनवरीदेखि शो-रूम सञ्चालनमा ल्याएका  थियाैं । टाटाको कमर्शियल भेहिकलको काठमाडौं र भक्तपुरका लागि डिलरशीप लिएको छ । १२ वर्षदेखि अटोमोबाइल्स उद्योगमा लिएको अनुभव बिजनेशमा परिणत गरेको हुँ ।

जनवरीदेखि अप्रिलसम्म चार महिना व्यवसाय सञ्चालन गर्न सक्यौं । त्यसपछि अप्रिलमा भूकम्पले भक्तपुर र काठमाडौंको सितापाइलास्थित शो-रुम तथा अफिस भत्किएर ध्वस्त भयो । हामीले दुबै ठाउँको बिजनेश पुनः सुरु गरिसकेका छौं । काठमाडौंको कालिमाटीमा सानो अफिस राखेर काम सुरु गरेका छौं भने भक्तपुरमा फुलफ्लेज शो-रुम नै स्थापित गर्न सफल भयौं ।

भूकम्पले मानस पटलमा पारेको हृयाङ हट्न र बिजनेशमा शत् प्रतिशत लाग्न दुई ढाई महिना लाग्छ । यसको प्रभाव धेरै गएमा भदौसम्म जाला भन्ने अनुमान गरिएको छ । असोजदेखि दशैंको सिजन पनि आउँछ र मान्छे पनि उठ्छन भन्ने लाग्छ ।

सशिला मोटर्सका दुई शो-रुममा गरेर एक करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । तीनवटा गाडी, तेह्रवटा ४२ वटा लिड टिभी, रेफ्रिजेरेटर, शो-रुम डेकुरेसन इक्वीपमेन्ट, लाइटिङ लगायतमा क्षति भएको छ । सितापाइला शो-रुम पुरै ध्वस्त भयो भने भक्तपुर शो-रुममा केही समान जोगाउन सक्यौं ।

हामीले दुई ठाउँमै बिजनेश सुरु गर्छौं । भूकम्पले क्षति पुर्‍याएपनि हामी माथि उठ्न प्रयास गरिरहेका छौं । खाल्डोमा परेपछि माटो हालेर पुरिदेउ भन्ने प्रवित्तिको मान्छे हैनौं । हामी खाल्डोमा परेपनि माथि उठ्नुपर्छ भन्ने सोँच छ । हामीले पहिलाका भन्दा पनि राम्रो अफिस सुरु गर्नुपर्छ भनेर लागेका छौं ।

क्षतिको रिकोभर गर्नका लागि पहिला भन्दा बढी गतिले अगाडि बढ्नुपर्ने देखिन्छ । हामीले एक करोड ३० लाख रुपैयाँ क्षति डेढ दुई वर्षमा रिकोभर गर्नुपर्छ । काठमाडौंमा तीन महिनाभित्र फुल फ्लेज अफिस सुरु गर्छौं । भक्तपुरमा फुल फ्लेज शो-रुम तयार भइसकेको छ ।

क्षतिको केही अंश इन्स्योरेन्सबाट रिकोभर होला । बाँकी क्षति व्यवसाय गरेरै रिकोभर गर्नुपर्ने हुन्छ । हाम्रो ब्लडमा व्यवसाय छैन । १७ वर्ष जागिर गरेको मानिस हुँ । जागिरबाट बचेको पैसा अटोमोबाइल्स व्यवसायमा लगानी गरेका थियौं, सबै भूकम्पले लगिसक्यो ।

हामीलाई काम गर्नका लागि बैंकले निकै राम्रो सहयोग गरिरहेको छ । बैंकको लोनबाट व्यवसाय चलाइरहेका छौं । आफ्नो कर्म र पाखुरीमा विश्वास गर्ने व्यक्ति हुँ, कर्म गरेपछि अवश्य सफलता मिल्ने छ । कमाएर नै क्षति रिकोभर गर्ने हो ।

बिजनेश प्लान

हामीले मार्केट बुम गर्नका लागि कष्टोमरको ढोका ढकढकाउनु पर्छ । हामीसँग यो प्रोडक्ट छ, तिम्रो बिजनेशका लागि यो प्रोडक्ट कोशेढुंगा बन्न सक्छ, यसले तिमीलाई यो युटिलिटी दिन्छ, यसमा यो फिचर्स छ, यो प्रोडक्टबाट तिमीले यो भ्यालु पाउँछौ, यो प्रोडक्ट प्रयोग गरेवापत तिम्रो बिजनेशले माइलेज लिन्छ भनेर कष्टोमरलाई जानकारी गराउनुपर्छ ।

हामीले हिजो भन्दा आज इफोर्ट बढाउनुपर्छ । हिजो एकजना सेल्स म्यानले १० जना कष्टोमर कभर गथ्र्यौं भने आज २० जना कभर गर्नुपर्छ । इफोर्ट बढाउने वित्तिकै हाम्रो बिजनेश भोल्यूम बढ्ने छ । कष्टोमरसँग पुग्ने पुल ठूलो बनाउन सक्यौं भने सेल्स अवश्य बढ्ने छ ।

बृहत रुपमा हेर्दा मुलुकको अर्थतन्त्र कहाँ जान्छ, बैंकको लिक्युडिटी के हुन्छ, बैंकले हायर पर्चेजमा कति इन्भेष्ट गर्छ, त्यस पछाडि मुलुकको समग्र बिजनेश क्षेत्र कता मोडिन्छ, इकोनोमिक ग्रोथ के हुन्छ, जीडीपी कति हुन्छ, निर्माणका लागि टि्रपरको डिमान्ड हुन्छ वा हुँदैन, यी सबै कुराहरुले बिजनेश कति बढ्छ भन्ने कुरा निश्चित गर्छ ।

हामीले कर्मचारीलाई अब डबल मेहनत गर्नुपर्छ भनेर काउन्सिलिङ गरेका छौं । क्षति रिकोभर गर्ने भनेको सबै टिम मेम्बर मिलेर हो । हाम्रो सबै कर्मचारीले सशिला मोटर्सको अपनत्व लिएको छ । यस अर्थमा पनि छिट्टै रिकोभर गर्न सकिन्छ भन्ने विश्वास छ ।

दशैं नजिकिन लागेको छ । दशैं भनेको अटोमोबाइल्सका लागि उत्कृष्ट सिजन हो । त्यो सिजनलाई हामीले क्याच गर्नुपर्छ । त्यो सिजन क्याच गर्न सक्यौं भने हामीले बिजनेश बढाउन सक्छौं ।

स्किम पहिलो हतियार

कष्टोमरलाई आफ्नो प्रोडक्टप्रति आकषिर्त गर्नका लागि स्किम जहिले पनि आवश्यक हुन्छ । टाटा मोटर्सले त्यहि कुरालाई मनन गरेर यही महिनामै सबै सेगमेन्टमा अहिलेसम्मकै सबैभन्दा राम्रा स्किम घोषणा गरेका छौं ।

ट्रक किन्दा मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराउँछौं, उसले टुर प्याकेज नलिए आइफोन सिक्स उपलब्ध गराउँछौं । पिकअप किन्दा ४२ इञ्चको एलइडी टिभी उपलब्ध गराउँछौं, एस किन्दा फि्रज दिन्छौं । ग्राहकलाई आकषिर्त गर्नका लागि नयाँ-नयाँ स्किम घोषणा गर्ने काम जारी रहेको छ ।

पीकअप र ट्रिपरको बजार राम्रो

तुलनात्मक रुपमा ट्रिपर र पीकअप गाडीको बजार भूकम्पपछि बढ्ने देखिन्छ । ट्रक, ट्रिपर, पीकअप गाडीको माग पक्कै बढ्छ, तर कति बढ्छ भन्ने कुरा अन्य फ्याक्टरहरुले निर्धारण गर्छ । बैंकको लिक्वुडिटी, हायर पर्चेजमा बैंकको लोनले निर्धारण गर्छ । निर्माणको काम धेरै भएको हुँदा निर्माणसँग सम्बन्धीत गाडीको माग बढ्ने निश्चितै छ ।

टाटा मोटर्स नै किन ?

टाटा मोटर्स खरिद गर्नुपर्ने तीनवटा कारण छन् । पहिलो बलियो आधार भनेको सर्भिस उपलब्धता हो । टाटा गाडीको जहाँ पनि सर्भिस पाइन्छ । जुन गाडी जहाँ पनि सर्भिसिङ गर्न सकिन्छ, त्यो गाडी सञ्चालन गर्दा ग्राहक हृयासल फि्र हुन्छ । तत्कालै गाडी मर्मत गर्न पाइने हुँदा आम्दानीमा कुनै असर पर्न पाउँदैन ।

टाटाको रिसेल भ्यालु ग्राहक अकषिर्त अर्को मूख्य आधार हो । टाटाको गाडी किन्नु र सुन किन्न बराबर हो भनिन्छ । सुन जतिबेला चाहृयो, त्यतिबेला बेच्न सकिन्छ । टाटा गाडी पनि चाहेको बेलामा बेच्न सकिन्छ । राम्रो मूल्य पारेर बेच्न सकिन्छ ।

टाटाका गाडी डियुरेवल र रिलायवल छन् । यी तिन बलिया पक्षका कारण टाटाले आज पनि मार्केट डोमिनेट गर्न सकिरहेको छ । कष्टोमरको पनि पहिलो रोजाई बन्न पुगेको छ । आज नेपाली बजारमा टाटाका कमर्शियल गाडीको मार्केट शेयर ६३/६४ प्रतिशतको हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment