Comments Add Comment

फोर्स मोटर्सद्धारा तीन एम्बुलेन्स निःशुल्क प्रदान

Force-Moters-Ambulance-Hastantaran
७ असार, काठमाडौं । भूकम्प पीडित जनतालाई राहतस्वरुप भारतीय मोटर्स कम्पनी ‘फोर्स मोटर्स लिमिटेड’ले तीनवटा एम्बुलेन्स निःशुल्क प्रदान गरेको छ । कम्पनीले दुईव्टा ट्रयाक्स जीप र एउटा ट्राभलर एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो ।

कम्पनीले लायन्स क्लब इन्टरनेश्नल मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका लायन्स क्लव्ब अफ काठमाडौं, लायन्स क्लब अफ पोखरा र लायन्स क्लव्ब अफ बेनीलाई त्यस क्षेत्रका लायन्स क्लबहरुले संचालन गर्नेगरी प्रदान गरेको हो ।

ट्राभलर एम्बुलेन्स भारतको सर्वाधिक लोकपि्रय तथा आपतकालीन स्वास्थ सेवाका लागि सर्वत्र रुचाइएको एम्बुलेन्स हो । भारतको केन्द्रिय सरकारका साथैै विभिन्न राज्यहरुमा यसका एम्बुलेन्सहरु प्राथमिकता आधारमा संचालित छन् ।

ट्रयाक्सका एम्बुलेन्सहरु फोर हृवील भएको हुँदा कच्ची ग्रामीण सडकमा समेत सहजै सञ्चालन गर्न सकिन्छ ।  साथै साँगुरा सडकहरुमा बढी लोकपि्रय छन् । फोर्स मोटर्सका जनरल म्यानेजर रविन्द्र पत्कीका अनुसार गत वर्षमात्रै फोर्सले महाराष्ट्र सरकारलाई ७ सयवटा ट्राभलर एम्बुलेन्स उपलब्ध गराएको थियो

महाराष्ट्रका हरेक जिल्लामा वितरित उक्त एम्बुलेन्स सेवाबाट मात्रै गत वर्ष ९ सय जनाको ज्यान जोगाउन सकिएको थियो’ पत्कीले भने- ‘नेपालका भूकम्प पीडित जनताको सेवामा समर्पित गर्ने अभिप्रायले हामीले यी ३ वटा एम्बुलेन्सहरु सहयोग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment