Comments Add Comment

वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

१६ असार, काठमाडौँ । बिहीबार हुने वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनमा नेपाली काँग्रस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका विमल ढकाल, नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका सरोजकुमार ढकाल र स्वतत्त्र समूहबाट किरणकिशोर घिमिरेको समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ ।

तीनै समूहले आ–आफ्नो समूहले निर्वाचनमा जित्ने सुनिश्चितता भएको दाबी गरेका छन् । लोकतान्त्रिकका उम्मेदवार ढकालको समूहबाट प्रथम उपाध्यक्षमा कुमुद खनाल, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्ष भागिरथ राई, महासचिव कमल तामाङ, सचिवमा विनादजङ्ग रेग्मी र कोषाध्यक्ष प्रतिमा महर्जन उम्मेद्वार छन् ।

त्यस्तै प्रगतिशीलतर्फबाट पोखरेलको समूहमा प्रथम उपाध्यक्षमा गोविन्दप्रसाद थपलिया, द्वितीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्ष मुक्तिनाथ अधिकारी, महासचिव रोहन गुरुङ, सचिव राजेन्द्र भण्डारी र कोषाध्यक्ष हरिप्रसाद थापाले उम्मेद्वारी दिएका छन ।

स्वतन्त्र तर्फबाट घिमिरेको समूहमा प्रथम उपाध्यक्षमा गोविन्दबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राधिका कटुवाल, तृतीय उपाध्यक्ष नवलकिशोर यादव, महासचिव सुजितकुमार श्रेष्ठ सचिवमा नरेन्द्र ढकाल र कोषाध्यक्ष नरप्रसाद पुन उम्मेद्वार छन ।

स्वतन्त्र उम्मेद्वारका रुपमा रहेका घिमिरेका तर्फबाट उम्मेद्वार बनेका अधिकांश उम्मेद्वार काँग्रेसनिकट लोकतन्त्रिकका सदस्य रहेका छन् । सो समूहलाई एमाले र माओवादी निकट असन्तुष्ट व्यवसायीको पनि साथ रहेको छ ।

अध्यक्षका उम्मेदवार घिमिरले प्रचारको काम सकिएको र आफ्नो समूह सबैभन्दा बलियो देखिएको जिकिर गर्नुभयो । लोकतान्त्रिकबाट महासचिवका उम्मेदवार कमल तामाङले आफ्नो समूह नै काँग्रेसनिकट व्यवसायीको आधिकारिक उम्मेदवार भएकाले जित्ने निश्चित रहेको बताए ।

प्रगतिशीलका तर्फबाट द्वितीय उपाध्यक्षका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले लोकतान्त्रिक समूहमा फूट देखापरेकोले आफ्नो समूहको जितका लागि बाटो खुलेको बताए ।
सङ्घमा लोकतान्त्रिकको बाहुल्य रहे पनि सो समूहमा विभाजन आएकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्था आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment