Comments Add Comment

वैदेशिक रोजगार ब्यवसायी संघमा मिश्रित परिणाम, अध्यक्षमा बिमल ढकाल विजयी

१८ असार, काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विहीवार भएको निर्वाचनबाट मिश्रित परिणाम आएको छ । अध्यक्ष र प्रथम उपाध्यक्ष र कोषाध्यक्ष नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले प्राप्त गरेको छ भने अन्य पदाधिकारीमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका विजयी भएका छन् ।

बिमल ढकाल
बिमल ढकाल

अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका विमल ढकाल विजयी भए । एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका सरोजकुमार पोखरेल २४ मतले पराजित भए । ढकालले २३७ मत प्राप्त गरेका थिए ।

प्रथम उपाध्यक्षमा फोरमकै कुमुद खनाल विजयी भ एभने द्वितीय उपाध्यक्षमा प्रगतिशील मञ्चका हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा प्रगतिशील मञ्चका मुक्तिनाथ अधिकारी विजयी भए ।

संघको महासचिवमा प्रगतिशील मञ्चकै रोहन गुरुङ र सचिवमा मञ्चकै राजेन्द्र भण्डारी विजयी भए । कोषाध्यक्षमा फोरमकी प्रतिमा महर्जन विजयी भइन् ।

विहीबार भएको संघको २३ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति सदस्यहरूमा पनि लोकतान्त्रिक र प्रगतिशीलको मिश्रित परिणाम आएको छ । सदस्यमा प्रगतिशीलका रमिला ताम्राकार, शुक्र पाख्रिन, सचिन शेरचन, सरस्वती गुरुङ विजयी भए ।

यस्तै लोकतान्त्रिक प्यानलबाट तेजुमाया लिम्बू, पुष्पराज चौलागाइ,  चेतुबाबा पोखरेल, दीपक सिंजाली, सोमबहादुर तामाङ, र प्रकाश आचार्य सदस्यमा निर्वाचित भएका छन् ।

विजयी पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत बलबहादुर तामाङले प्रमाणपत्र वितरण गरेका छन् ।
यसअघि बिहीबार बिहान संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले साधारणसभाको उद्घाटन गरेका थिए ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै नेम्वाङले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायको योगदानको प्रशंशा गर्दै वैदेशिक रोजगार ऐनलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment