Comments Add Comment

फ्रेस फेस : नारीको सुन्दरता पर्दामा देखाउँदा ठिक, बाहिर लुकाउँदा ठिक : सुरजनी केसी(भिडियो)

surijani  kc (2)
चलचित्र खेलेर आफ्नो भविष्य मात्र होइन नाम पनि चम्काउने र दाम पनि कमाउने सोच धेरै यूवा यूवतीको हुन्छ । हुनत, नेपाली चलचित्र बजार अझै पनि व्यवसायिक हुन नसक्दा यसतर्फको आकर्षणमा वृद्धी हुन सकेको छैन ।

सानैदेखि कलाकार बन्ने सोखले यो क्षेत्रमा प्रवेश गरेकी कलाकार हुन्, सुरजनी केसी । हालसम्म ५० वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुरजनीले हालै मात्र चलचित्र ‘सपना तिम्रो मेरो’मा काम गरेकी छिन् । यो चलचित्रमा आफ्नो छोटो तर महत्वपूर्ण भूमिका रहेको उनले बताइन् ।

सुरजनीसँग गरिएको रोचक कुराकानीको भिडियो यहाँ हेर्नुहोस्

सुरजनीका अनुसार उनलाई सानैबाट चलचित्रमा काम गर्ने रहर थियो । यही रहरलाई मेट्न उनले कक्षा १२ पढ्दा नै पहिलो म्यूजिक भिडियोमा अभिनय गरिन् । यसपछि म्यूजिक भिडियोमा मोडलिङसँगै सुुरजनी टेलिभिजन कार्यक्रममा पनि व्यस्त रहिन् ।

नेपाली चलचित्र क्षेत्रको अवस्था सुधार हुँदै गएको वुझेकी उनले नायक भूवन केसीसँग नभई उनका छोरा अनमोल केसीसँग चलचित्र खेल्ने इच्छा व्यक्त गरिन् । आफूसँग जस्तोसुकै भूमिका गर्ने क्षमता भएको भन्दै  उनले यस्तो नै रोल अफर आए गर्छु भन्ने नभएको बताइन् । चलचित्र क्षेत्रमा लागेर आफूले केही न केही परिवर्तन ल्याउने चाहना रहेको सुरजनीले सुनाइन् । surijani  kc (1)
अनलाइनखबरका लागि ‘फ्रेस फेस’ स्तन्भ अन्र्तगत कुरा गर्दै सुरजनीले अब आफू भिडियोबाट चलचित्रको यात्रामा लागेको बताइन् ।

कथाले मागेको खण्डमा दृश्य दिदा आपत्ती नभएको भन्दै सुरजनीले भल्गर र ग्ल्यामर छुट्याउनुपर्ने पनि बताइन् । नारीको सुन्दरता पर्दामा देखिदा र बाहिर लुकाउँदा राम्रो हुने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment