Comments Add Comment

नेपाली सडकमा हुँइकिन्छन सवा १९ लाख सवारी

moters-group

२८ असार, काठमाडौं । नेपाली सडकमा हुइँकिने सवारीको संख्या सवा १९ लाख नाघेको छ । जसमा सबैभन्दा बढी बाइक तथा स्कुटर रहेका छन भने दोस्रोमा साना गाडी कार, जीप र भ्यान रहेका छन् ।

आर्थिक वर्ष २०७०/७१ मा १७ लाख ५५ हजार ८२१ सवारी यातायात विभागमा दर्ता भएका थिए । चालु आर्थिक वर्षको ८ महिनामा एक लाख ६९ हजार ६१३ सवारी थपिएपछि फागुन मसान्तसम्म कुल सवारी संख्या सवा १९ लाख पुगेको हो ।

चालु आवको प्रथम आठ महिनामा थपिएका सवारीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.४७ प्रतिशत बढी हो । यसले नेपालमा सवारीको संख्या तिब्र गतिमा बढिरहेको देखाउँछ ।

कुल सवारीमध्ये १५ लाख १३ हजार ४४७ थान बाइक तथा स्कुटर रहेका छन् । त्यस्तै, साना गाडी कार, जीप र भ्यानको संख्या १ लाख ५९ हजार पुगेको छ । ट्रयाक्टर तथा पावर टेलरको संख्या पनि लाख नाघेको छ ।

सवारीको किसिम संख्या
बस ३५२८९
मिनिबस/मिनिट्रक १६००७
क्रेन/डोजर/एक्साभेटर/ट्रक ५४४४८
कार/जीप/भ्यान १५९१६१
पिकअप २७५४२
माइक्रो बस ३४२५
टेम्पो ८४४१
बाइक/स्कुटर १५१३४४७
टेक्टर/पावर टेलर १०००८२
अन्य ६५९२
जम्मा १९,२५,४३४

स्मार्ट कार्ड छपाई सुरु

सरकारले सवारी दर्ता प्रमाणपत्र र सवारी चालक अनुमति पत्रलाई इलेक्ट्रोनिक स्मार्ट कार्डमा परिवर्तन गर्न डाटा माइग्रेसनको काम सुरु गरेको आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यसका लागि १ लाख ६० हजार स्मार्ट कार्ड छाप्ने काम समेत सुरु भइरहेको छ ।

सवारी साधनको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेटमा परिणत गर्न प्लेटको डिजाइन, उपयुक्त प्रविधिको सिफारिस, लागत र प्रकृयाका साथै प्रचलित कानूनमा गर्नुपर्ने संशोधन सम्बन्धी काम भइरहेको बताइएको छ ।

आलु आवको फागुन मसान्तसम्म ३६ हजार २३८ सवारी चालक अनुमतिपत्र वितरण भएको छ । यसरी अहिलेसम्म २१ लाख ७३ हजार ३७९ सवारी चालक अनुमतिपत्र वितरण भइसकेको सर्भेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment