Comments Add Comment

भूकम्पपछि ३० थान बिक्री भयो डाटसुन गो प्लस

Datsun-Go-Plus-Final-2

१ असार, काठमाडौं । भूकम्पको दिन नेपाल भित्रिएको सेभेन सिटर गाडी ‘डाटसुन गो प्लस’ छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

एक महिनाको अवधिमा ‘गो प्लस’ ३० वटा बिक्री भएको छ । भूकम्पपछि दुई महिना गाडीको खरिद बिक्री ठप्प भएको थियो । कम मूल्यमा सात सिटको गाडी पाइने हुँदा पनि उपभोक्ताले ‘गो प्लस’ रुचाएका हुन् ।

यसको मूल्य नेपाली बजारमा २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । ‘हामीले वागेनर, ग्रान्ड आइटेनको मूल्यमा ७ सिटको गाडी दिइरहेका छौं’ पायोनियर मोटोक्रोपका ज्ञानेन्द्र चन्दले भने- ‘त्यसैले हामी यसलाई ठूला हैन, साना गाडीसँग तुलना गर्छौं ।’

पायोनियर डाटसुनको नेपालका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले यस वर्ष दुई सय थान ‘गो प्लस’ बिक्री गर्न लक्ष्य राखेको छ । अहिलेको बिक्रीलाई हेर्ने हो भने लक्ष्य पुरा हुने चन्द बताउँछन् ।

‘गो प्लस’को मूल्य २५ लाख रुपैयाँ भएपनि कम्पनीले एक लाख रुपैयाँ नगद छुट दिइरहेको छ । यसका साथै १ वर्षको इन्स्योरेन्स, रोड ट्याक्स, फुल लोडेड एसेस्सोरिज लगायत उपलब्ध गराएको छ ।

Datsun-Go-Plus-Final-3

यस्ता छन् फिचर

खासगरी ‘गो प्लस’ ठूलो परिवार भएका र बहुउपयोग गर्नेहरुले लिइरहेका छन् । यो सेभेन सिटर गाडी भएपनि १२ सीसीको क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यसले काठमाडौंको सडकमा १४/१५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

‘गो प्लस’ सात सिटको भएपनि पछाडिको सिट बच्चाहरुको लागिमात्र उपयोगी हुन्छ । होन्डा मोबिलियोमा जस्तो पछाडिको सिट फराकिलो छैन । तर, यो मोबिलियो भन्दा धेरै सस्तो छ । होन्डा मोबिलियो मूल्य ३२ लाखदेखि सुरु हुन्छ ।

यसको पछाडिको सिटलाई फोल्ड गरेर डिक्कीका रुपमा प्रयोग गर्न सकिन्छ । पछाडिको सिट फोल्ड गर्दा डिक्की ३४७ लिटरको हुन्छ भने फोल्ड नगर्दा ४० लिटरको हुन्छ । यो गाडी परिवारिक प्रयोगका लागि सबैभन्दा उपयुक्त भएको कम्पनीको दाबी छ ।

यसमा पावर स्टेरिङ, फ्रन्ट पावर विन्डो, सेन्ट्रल लक, एसी लगायतका सुविधा छन् । यसमा ड्राइभ कम्प्यूटर जडान गरिएको छ, जसले गाडीले माइलेज कति दिइरहेको छ, इन्धन कति खपत भइरहेको छ भनेर जानकारी गराउँछ ।

Datsun-Go-Plus-Final

गाडीमा फ्लो मिरर ल्याम्प रहेको छ । जुन ल्याम्प गाडी पार्किङ गरेको दुई मिनेटसम्म बलेर निभ्छ । यो ल्याम्पले अँध्यारोमा गाडी पार्किङ गरेपछि गन्तव्यसम्म पुग्नलाई उज्याले प्रदान गर्छ ।

सेभेन सिटर भएपनि ‘गो प्लस’ ४.६ मिटरमै मोडिन सक्छ । यसको ग्राउन्ड क्लियरेन्स १.७० मिलिमिटर रहेको छ । सबैभन्दा आकर्षक पक्ष यसमा गियर सिफ्ट इन्डिकेटर जडान गरिएको छ । जसले कुन गियरमा गाडी चलाउँदा बढी माइलेज दिन्छ भनेर जानकारी गराउँछ ।

गाडीमा भेन्टिलेटेड डिस्क ब्रेक भएको हुँदा ब्रेक तात्नबाट जोगिन्छ । यो गाडी पाँच कलरमा उपलब्ध भएको पायोनियरका चन्दले जानकारी दिए ।

बिक्रीपछिको सेवामा जोड

कम्पनीले गाडी बिक्री गर्नेमात्र नभई बिक्रीपछिको सेवालाई पनि प्राथमिकतामा राखेको जनाएको छ । गत वर्ष नेपाली बजारमा भित्रिएको डाटसुनको काठमाडौंमा एउटामात्र सर्भिस सेन्ट रहेको छ ।

Datsun-Go-Plus-Final-4

काठमाडौं बाहिर रहेका ८ वटा डिलरलाई सेल्स, सर्भिस र स्पेयर्स (थ्रीएस) सुविधाको बनाउन चन्दले जानकारी दिए । डाटसुनको ‘गो’ र ‘गो प्लस’ गरी दुईवटा मोडल बजारमा छन् ।

कम्पनीले २ महिनापछि एयर ब्याग भएको ‘गो प्लस’ भित्राउन लागेको चन्दले जानकारी दिए । त्यसपछि यसको बिक्री झनै बढ्ने विश्वास उनको छ ।

डाटसुन जापानीज अटो कम्पनी निसानको भगिनी कम्पनी हो । निसानले महंगा गाडीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ भने डाटसुनले कम मूल्यका साना गाडी बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment