Comments Add Comment

टाटा बोल्ट कार यसै साता नेपाली बजारमा, डेढ बर्षभित्र ६ वटा नयाँ कार आउँदै

Tata-Jest-and-bolt

नविन अर्याल

५ साउन, काठमाडौं । प्रख्यात भारतिय अटो उत्पादक कम्पनी टाटाले डेढ वर्षभित्र ६ मोडलका कार नेपाली बजारमा भित्राउँदै छ । जसमध्ये टाटा बोल्ट यहि शुक्रबार नेपालमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

यसको लगत्तै नयाँ दुई मोडल भित्राउने टाटाको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङका सेल्स एन्ड मार्केटिङ म्यानेजर अर्जुन कार्कीले बताए । नयाँ मोडल भित्रिएपछि टाटा नेपालको कार बजारमा ‘रियल कम्पिटेटिभ’ बन्ने उनको भनाई छ ।

पछिल्लो समय टाटा मोटर्सले प्यासेञ्जर कार उत्पादनमा फोकस गर्न थालेको छ । खासगरी सार्क मुलुकमा प्यासेञ्जर कार बिक्री गरिरहेको टाटाले अन्य एशियन मुलुक तथा युरोप, अफि्रकासम्म छिर्ने लक्ष्य बनाएको छ ।

यही कारण टाटाले पुरानो मोडललाई अपग्रेडेड गर्ने भन्दा पनि टोल्टली नयाँ प्रतिस्पर्धी कार उत्पादनमा जोड दिएको छ । यसको उदाहरुका रुपमा टाटा जेष्ट र बोल्टलाई लिन सकिन्छ । टाटा जेष्ट नेपाली बजारमा आएको छोटो अवधिमै ८० थान बिक्री भइसकेको छ । भारती बजारमा पनि यो मोडललाई अत्याधिक रुचाइएको छ ।

‘आगामी दिनमा टाटाका हरेक कारहरु प्रतिस्पर्धी हुनेछन’ सिप्रदीका मार्केटिङ म्यानेजर कार्कीले भने- ‘सन् २०२० सम्म टाटासँग ‘वल्र्ड क्लास’ कारहरु हुनेछन् ।’

टाटा मोटर्स कमर्शियल गाडीमा विश्वकै प्रख्यात कम्पनी मानिन्छ । टाटाका ट्रक, बस धेरै मुलुकको सडकमा कुद्ने गर्छन । कारलाई पनि विश्वभर कुदाउने लक्ष्यसहित टाटा अगाडि बढेको कार्कीले बताए ।

यस्तो छ बोल्ट

हृयाचब्याक सेगमेन्टको टाटा बोल्ट रेभेट्रोन ट्रबो चार्ज पेट्रोल इञ्जिन कार हो । नेपाली बजारमा यो सेगमेन्टका कुनै पनि ब्रान्डमा ट्रबो चार्ज पेट्रोल इञ्जिन नभएको कम्पनीको दाबी छ । यसले गाडीको इफिसेन्सी बढाउन मद्दत गर्छ ।

कम्पनीले यस वर्ष बोल्ट ५ सय थान बिक्री गर्ने लक्ष्य राखेको छ । बोल्ट नेपाली बजारमा आउँदा २४ लाखको हाराहारीमा पर्ने अनुमान गरएको छ । बोल्टका ६ वटा भेरियन्ट रहेका छन् ।

यसको आकर्षक पक्ष भनेको मल्टी ड्राइभ मोड हो । ‘इको मोड’, ‘सिटी मोड’ र ‘स्पोर्ट मोड’ गरी बोल्टमा तीनवटा ड्राइभ मोड रहेका छन् । इको मोडमा गाडी चलाउँदा तेलको खपत कम हुनेछ । स्पिोर्ट मोडमा राखेर गाडी चलाउँदा उच्च पावर दिने छ । सिटी मोडमा तेल कम खपत गर्ने र पावर दिने दुबै विशेषता रहेका छन् ।

tata-bolt-final

बोल्टकको अर्को आकर्षक पक्ष ‘हर्मन इन्फोटेनमेन्ट सिष्टम’ हो । यस सिष्टममा इन्फरमेसन र इन्टरटेनमेन्टको कोलाब्रेसन हुन्छ । यसको साउन्ड सिष्टम अत्यधिक राम्रो हुन्छ । जुन सिष्टम विश्वभर अत्याधिक मन पराइएको छ । यसमा डाइरेक्सन देखाउने जीपीएस सिष्टम समेत रहेको छ ।

१५ वर्षमा १५ प्रतिशत हिस्सा

पन्ध्र वर्ष अगाडि नेपालमा बिक्री सुरु भएको टाटा कार तथा जीपले अहिलेसम्म आइपुग्दा १५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

टाटाको कमर्शियल गाडी बिक्री गरिरहेको सिप्रदी ट्रेडिङलाई त्यतिबेला कार बिक्री गरेर नाफा कमाउला भन्ने लागेको थिएन । टाटासँगको रिलेसनशीपका आधारमा सिप्रदीले कार तथा जीपको डिलरशीप लिएको थियो ।

किनभने, भर्खरै कार सेगमेन्टमा प्रवेश गरेको टाटासँग ग्राहकको रोजाईका लागि धेरै भेराइटी थिएनन् । बजार भने प्रतिस्पर्धात्मक भइसकेको थियो । कमर्शियल गाडीमा जस्तै प्यासेञ्जर कारमा पनि बलियो उपस्थिती देखाउने आधार कम्पनीले देखेको थिएन ।

तर, आज समयले कोल्टो फेरिसकेको छ । अहिले टाटाको जीप तथा कारले नेपाली बजारमा आफ्नो साम्राज्य खडा गर्न थालिसकेको छ । कार तथा जीप बिक्रीबाट कम्पनीलाई राम्रो आम्दानी भइरहेको छ । बजारमा टाटाको जीप र कार गरी २६ भेराइटी छन् ।

सिप्रदीले पहिलो पटक सन् २००० मा इन्डिका कार नेपाल ल्याएको थियो । जीप सेगमेन्टको टाटा सुमो सन् १९९८ सालमै भित्रिएको थियो । १५ वर्षको यात्रा पार गरिसक्दा टाटाले प्रतिस्पर्धी कारहरु बजारमा ल्याइसकेको छ । अहिले टाटासँग हृयाचब्याक, सेडान, एमयुभी र एसयुभी चारवटै सेगमेन्टका कारहरु उपलब्ध छ ।

Tata-Safari-Storme-Final

कारमा सबैभन्दा बढी डिमान्ड हुने इन्डिका सेगमेन्ट हो भने जीपमा सुमो हो । कम्पनीले १५ वर्षको दौरानमा ६ हजार थान इन्डिका गाडी बिक्री गरिसकेको छ भने ८/९ हजार थान बिक्री गरिसकेको छ ।

अहिले टाटाको जेष्ट कार सर्वाधिक चर्चामा रहेको छ । जीपमा भने अहिले पनि सुमो नै अगाडि रहेको सिप्रदीका मार्केटिङ म्यानेजर कार्कीले बताए ।

जीपमा सुमो, कारमा इन्डिका अगाडि

टाटाको साना गाडीमा सबैभन्दा बढी बिक्री हुने टाटा सुमो हो । ‘कार र जीप सेगमेन्टका सयवटा गाडी बिक्री हुँदा ५० वटा टाटा सुमो हुन्छन’ कार्कीले भने- ‘सुमो गाडी महिनामा सयवटाका दरले बिक्री हुने गरेको छ ।’ सुमो सन् १९९८ सालमा नेपाल भित्रिएको भएपनि २०१२ मा सुमो गोल्ड आएपछि पिकअप लिएको हो ।

बजार कार सेगमेन्टको बढी प्रतिस्पर्धा भएको हुँदा टाटा कारको उपस्थिती अझै तल छ । तर, जीप सेगमेन्टमा भनेर टाटाले महिन्द्रासँग मात्र प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यही कारण पनि कारको तुलनामा जीपको बिक्री बढी रहेको छ ।

आजभन्दा ५ वर्ष अगाडि काठमाडौं-हेटौंडा सडकमा यातायात व्यवसायीसँग कुरा गरेर २ वटा सुमो चलाएको सम्झँदै कार्कीले भने- ‘अहिले त्यो रुटमा ७ सय बढी सुमो चल्छन् ।’

पछिल्लो समय लामो रुटका लागि पनि टाटा सुमो भरपर्दो साधन बन्दै गइरहेको छ । सिप्रदीले मुलुकभित्र नयाँ बाटो खुल्यो भने ‘सुमो मार्ग’ खुल्यो भनेर भन्ने गर्छ । किनकी नयाँ तथा साँघुरो सडकमा पहिलो पटक सुमो नै पुग्ने हो ।

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्गमा पनि सुमो सेवा सुरु भइसकेको कार्कीले जानकारी दिए । मुलुकका पहाडी सडकमा सुमो सेवा बाक्लिँदै गइरहेको छ ।

उत्कृष्ट कार टाटा जेष्ट

TATA-Zest-final

टाटा जेष्टको प्रवेशसँगै टाटाको कार सेगमेन्टमा दरिलो उपस्थिती देखिन थालेको हो । फ्रेवुअरी महिनामा नेपाली बजारमा सार्वजनिक गरिएको जेष्ट अहिलेसम्म ८० थान बिक्री भइसकेको कार्कीले जानकारी दिए ।

भूकम्पले २ महिना अटो बजार ठप्प हुँदा पनि ८० वटा कार बिक्री हुनु राम्रो भएको कम्पनीको दाबी छ । १२०० सीसी पेट्रोल र डिजेल इञ्जिनमा उपलब्ध जेष्टका ६ वटा भेरियन्ट उपलब्ध छन् । जेष्ट कम्प्याक्ट सेडान कार हो । जेष्टको फिचर हेरिकन २४ लाख ९५ देखि ३४ लाख ९५ हजार रुपैयाँसम्म पर्छ ।

टाटा इन्डिका

इन्डिका सन् २००० मा नेपाल भित्रिएको थियो । टाटाको सबैभन्दा चर्चित यो कार अहिलेसम्म ६ हजार थान बिक्री भइसकेको छ । अहिले सिप्रदीसँग फुल फिचर इन्डिका उपलब्ध छ । जसको मूल्य २० लाख ९५ हजार रुपैयाँ रहेको छ ।

टाटा इजेटा

टाटा इजेटा नेपाली बजारमा एउटैमात्र भेरियन्टमा उपलब्ध छ । १२ सय सीसीको यो कार नेपाली बजारमा सार्वजनिक गरेको ७/८ महिनामै डेढ सय थान बिक्री भइसकेको छ ।

इन्डिगो सिएस

इन्डिगो सिएस कम्प्याक्ट सेडान कार हो । चार मिटरभन्दा छाटो सेडान कारलाई कम्प्याक्ट सेडान भनिन्छ । १४०५ सीसीको यो कार टाटाको फोकस मोडल भने होइन ।

सन् २००८ मा नेपाली बजारमा प्रवेश गरेको डिजेल इञ्जिनको फुल अप्सन कार अहिलेसम्म ४ सय थान बिक्री भइसकेको कार्कीले जानकारी दिए । अपग्रेडेड भर्सनमा आइसकेको इन्डिगो एसिएसको मूल्य २६ लाख ७० हजार रुपैयाँ रहेको छ ।

Arjun Karki
सिप्रदीका सेल्स एन्ड मार्केटिङ म्यानेजर अर्जुन कार्की ।

टाटा माञ्जा

यो कार पेट्रोल र डिजेल दुबै इञ्जिनमा उपलब्ध छ । १२४८ सीसीको डिजेल र १३६८ सीसीको पेट्रोल इञ्जिनयूक्त माञ्जाका ४ वटा भेरियन्ट छन् ।

फुल सेडान यस कारको मूल्य २७ लाख ७० हजार रुपैयाँदेखि ३४ लाख ८० हजार रुपैयाँसम्म रहेको छ । सन् २००९/१० तिर नेपाल आएको यो गाडि औषतमा वाषिर्क डेढ सय थानको दरले बिक्री भइरहेको कार्कीले बताए ।

सफारी स्ट्रोम

सन् २००४ मा नेपालमा सफारी जीप भित्रिएको थियो । पछि अपग्रेडेड भर्सनमा सफारी स्ट्रोम भित्रिएको हो । यो गाडी पनि वाषिर्क डेढ सयको दरले अहिलेसम्म ११/१२ सय थनज बिक्री भइसकेको छ ।

टाटा सुमो

सुमोको बिक्री भोल्यूम अन्य गाडको तुलनामा उच्च रहेको छ । यो गाडी अहिले पनि महिनाको सय वटाका दरले बिक्री भइरहेको छ । सन् १९९८ मा पहिलो पटक नेपाल आएको यो गाडी अहिलेसम्म ८/९ हजार थान बिक्री भइसकेको कार्कीले जानकारी दिए । सुमो गोल्ड आएपछि यसको पिकअप बढेको छ ।

ग्रान्डी र मोभअस पनि टाटाका चर्चित गाडी हुन् । २२ सीसीको डिजेल इञ्जिन मुभअसको मूल्य ३२ लाख ८५ हजार रुपैयाँ रहेको छ । अहिले ग्रान्डी बजारमा उपलब्ध नभएको कार्कीले बताए ।

उपयूक्त मूल्यमा दिए नानो ल्याउने

सन् २००८ मा रतन टाटाले १ लाखको कार बजारमा ल्याउँदा उपभोक्तामा खुशीको सीमा थिएन । नेपालमा पनि सस्तोमा गाडी चढ्न पाइने भयो भन्ने लागेको थियो । तर, नेपालमा नानो सन् २०११ भित्रियो, त्यतिबेला नानोको कम्पनी मूल्य १ लाख ४५ हजार आइसी पुगिसकेको थियो ।

डेढ लाख आइसीलाई नेपालीमा रुपान्तर गरेर ढाइ सय प्रतिशत भन्सार लगाउँदा नेपालमा ७ लाख ९८ हजार रुपैयाँ पर्न गयो । उपभोक्तालाई पनि इन्डियामा एक लाख आइसीमा आउने कार यहाँ ८ लाख लियो भनेर आरोप लगाए ।

अहिले नेपाली बजारमा नानो बिक्री हुँदैन । कम्पनीले राम्रो मूल्यमा नानो दिएमा पुनः नेपालमा बिक्री सुरु गर्ने कार्कीले जानकारी दिए । नानो पुनः नेपालमा आउँदा १० लाख माथि पर्ने बताइएको छ ।

व्यवसायका तीन मन्त्र

सिप्रदीले गाडी बिक्री गर्दा ड्राइभनेष्ट, कनेक्टनेष्स, डिजाइननेष्टलाई प्रमुख प्राथमिकता दिएको छ । कष्टोमरको अपेक्षा उच्च भएको हुँदा कष्टोमर ओरेन्टेड सेलिङमा बढी जोड दिएको कार्कीले बताए । ‘कष्टोमरले जस्तो प्रोडक्ट खोज्छ, हामीले त्यस्तै ल्याएर बेच्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment