Comments Add Comment

एमाओवादी नेता लोकेन्द्र विष्टले पार्टी छाडे

५ साउन, काठमाडौं । एमाओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टले पार्टी परित्याग गरेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा राजीनामा बुझाएका विष्ट त्यसयता बोलाइएको बैठकमा जान छाडेका छन् ।

lokendra-bista-magar_650x40

‘स्थायी कमिटी बैठकमा उहाँले पार्टीले गरिखाँदैन भनेर चर्को विरोध गर्दै हुनुहुन्थ्यो, त्यसपछि स्वाट्टै राजीनामा दिनुभयो,’ एमाओवादीका एक उच्च नेताले अनलाइनखबरसँग भने,’राजीनामा दिएपछि उहाँ बैठकमै आउनुभएको छैन ।’

विष्टले बेला बेलामा पार्टीभित्र चर्को असन्तुष्टि राख्ने गरेकाले यसपालि पनि त्यस्तै होला भन्ने ठानिएको ती नेताले बताए । ‘तर, राजीनामा नै दिनुहोला भन्ने सोचेका थिएनौं, उनले भने-‘अब पार्टीले २५ बुँदे प्रस्ताव कार्यान्वयन गरेन भने समस्या बढ्ने देखिएको छ ।’

विप्लवसँग वार्ता

एमाओवादीमा राजीनामा दिएका विष्टले विद्रोही माओवादी नेता नेत्रविक्रम चन्द विप्लवसँग छलफल अघि बढाएका छन् । ‘महासचिवज्यूसँग उहाँको छलफल भइरहेको छ,’ विप्लव माओवादीका एक नेताले भने-‘अब देशमा केही हुन्छ भने विप्लवबाटै हुन सक्छ भन्ने उहाँले अभिव्यक्ति दिन थाल्नुभएको छ ।’

रुकुम घर भएका विष्ट एमाओवादीभित्र खरा नेता मानिन्थे । जनयुद्धकालमा लामो समय जेल बसेका विष्ट पूर्वपर्यटनमन्त्री समेत हुन् । उनी पहिलो संविधानसभामा राज्य पुसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिका सभापतिसमेत थिए ।

विष्ट अब विप्लव नेतृत्वको माओवादीमा प्रवेश गर्न लागेका हुन् भन्ने प्रश्नमा एमाओवादीका एक नेताले भने- ‘विप्लवसँग उहाँको त्यति राम्रो सम्बन्ध थिएन, बरु बादलसँग राम्रो सम्बन्ध थियो, अहिले सम्बन्ध सुधि्रएको भए मलाई थाहा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment