९ साउन, कैलाली । एमाओवादी नेता लेखराज भट्टले आफूले पार्टी नछाडेको स्पष्टिकरण दिएका छन् ।
शनिबार अत्तरियामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भट्टले पार्टी नेतृत्वसँग आफूले विभिन्न बिषयमा लिखित र मौखिक रुपमै फरक मत राखेको भएपनि पार्टी नछोडेको बताए ।
पार्टीलाई फुटाउन खोज्नेहरुले पार्टीभित्र र बाहिरबाट सुनियोजित ढंगले गलत हल्ला चलाएको उनको दाबी थियो ।
पार्टी नेतृत्व ट्रयाकभन्दा बाहिर गइरहेको भन्दै नेता भट्टले पार्टीलाई सहि ट्रयाकमा ल्याउन नै आफुहरुले फरक मत राखेर नै अगाडि बढेको जिकिर गरे ।
भट्टले अहिले दलहरुले प्रदेशको नाम र सीमांकन थाति राखेर संविधान जरी गर्न लागेको भन्दै यसले कालान्तरमा समस्या निम्त्याउने बताए ।