Comments Add Comment

टाटाको स्पोर्टी हृयाचब्याक बोल्ट नेपाली बजारमा

tata-bolt-in-nepal
१० साउन, काठमाडौं । भारतीय मोटर्स निर्माता कम्पनी टाटाको बहुप्रतिक्षित कार ‘टाटा बोल्ट’ नेपाली बजारमा भित्रिएको छ । शुक्रबार साँझ राजधानीमा भव्य समारोहबीच टाटा बोल्ट सार्वजनिक गरियो ।

स्पोर्टी हृयाचब्याक बोल्ट पेट्रोल र डिजेल इञ्जिनमा उपलब्ध छ । पेट्रोल र डिजेल दुबै सेगमेन्टका ३/३ वटा भेरियन्ट रहेका छन् । नेपाली बजारमा पेट्रोल इञ्जिन बोल्टको मूल्य २३ लाख ९५ हजारदेखि २९ लाख २५ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै डिजेल बोल्टको मूल्य २८ लाख ३५ हजारदेखि ३२ लाख ४५ हजारसम्म रहेको छ ।

कम्पनीका अनुसार पेट्रोल इञ्जिन बोल्टले प्रतिलिटर १७.५७ किलोमिटर र डिजेल इञ्जिन बोल्टले २२.९५ किलोमिटर माइलेज दिने छ ।

भारतको पुनेस्थित पिम्प्री प्लान्टमा उत्पादित बोल्ट डिजाइन, ड्राइभिङ, कनेक्सनजस्ता विशेषताले सुसज्जित छ । यसको सबैभन्दा आकर्षक पक्ष एउटै इञ्जिनमा मल्टी ड्राइभ मोड रहेको छ ।

भिडियो

बोल्टमा ‘इको मोड’, ‘सिटी मोड’ र ‘स्पोर्ट मोड’ रहेको छ । इको मोडमा गाडी चलाउँदा इन्धन बचत हुनेछ । स्पिोर्ट मोडमा राखेर गाडी चलाउँदा इञ्जिनले उच्च पावर दिने छ । सिटी मोडमा इन्धन बचत गर्ने र पावर दिने दुबै विशेषता रहेका छन् ।

बोल्ट नयाँ रेभोटर्न १.२ टर्बोचार्ज एमपीएफआई पेट्रोल इञ्जिनमा उपलब्ध छ । बोल्टको डिजेल भर्सनमा १२४८ सीसीको टर्बो इन्टरकुल्ड इञ्जिन जडान गरिएको छ ।

यस सेगमेन्टका कुनै पनि ब्रान्डमा ट्रबो चार्ज पेट्रोल इञ्जिन नभएको कम्पनीको दाबी छ । यसले गाडीको इफिसेन्सी बढाउन मद्दत गर्छ ।

tata-bolt-in-nepal-2-

बोल्टको अर्को आकर्षक पक्ष हर्मन कनेक्टनेक्स्ट टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम हो । इन्फरमेसन र इन्टरटेनमेन्टको समिश्रणलाई इन्फोटेनमेन्ट सिष्टम भनिन्छ । यसको साउन्ड सिष्टम अत्यधिक राम्रो हुन्छ । जुन सिष्टम विश्वभर अत्याधिक मन पराइएको छ ।

डिजाइननेक्स्ट

बोल्ट तीनवटा उत्कृष्ट डिजाइन स्टुडियोहरु भारतको पुने, यूके र इटालीको संयोजनमा निर्मित बृहत आइडिया र डिजाइनलाई प्रस्तुत गर्ने कार हो । जसले मजबुती र किफायतीलाई समेटेको छ ।

यही विशेषताका कारण गाडी एक ठाउँमा राखिएको बेलामा पनि चलिरहेको भ्रम पैदा गर्ने कम्पनीको दाबी छ । यो आकर्षक डिजाइनमा प्रस्तुत गरिएको हृयाचब्याक बोल्टले एक्स्ट्र स्पोर्टी लुकलाई बजेडका साथ प्रस्तुत गर्छ ।

tata-boltफ्लम आकारमा भएको रियर टेलल्याम्प र आकर्षक बम्परले पनि यसको बोल्ड र स्पोर्टी लुकलार्य प्रवर्द्धन गर्ने कम्पनीको भनाई छ । यसको इन्टेरियर कालो जाभा ड्यासबार्डको साथमा निर्माण गरिएको छ ।

यसमा नयाँ पुस्ताको टाटा सिग्नेचर ३-स्पोक स्टेरिङ हृवील रहेको छ । जसमा इकोनोकि ग्रुप, ड्राइभर सेन्टि्रक ककपिट, हावाका लागि उपयुक्त भेन्ट लगायतका विशेषताहरु रहेका छन् ।

बोल्ट प्लाटिनम सिल्भर, स्काई ग्रे, रेड, हृवाइट, डुन बेगीजस्ता पाँचवटा आकर्षक कलरमा उपलब्ध छ । यो गाडी पेट्रोल र डिजेलमा एक्सइ, एक्सएम र एक्सटी गरी तीन/तीनवटा भेरियन्टमा उपलब्ध छ ।

ड्राइभनेक्स्ट

यसमा रहेको ड्राइभनेक्स्ट विशेषताले बोल्टलाई ड्राइभिङ सेगमेन्टको उत्कृष्ट वर्गमा समावेश गरिएको छ । बोल्टको उत्कृष्ट पावर, पर्फमेन्स, टर्क र क्षमता प्रर्दशनका लागि विश्वका चर्चित कन्सलट्यान्सीहरु र सप्लार्यहरुसँग परामर्श गरेको कम्पनीले जनाएको छ ।

१.२ लिटरको टर्बोचार्ज मल्टी पोइन्ट फ्युल इन्जेक्सन पेट्रोल इञ्जिन रिभोटर्न भएको यो इन्डियाको पहिलो कार हो । डिजेलतर्फको कारमा १.३ लिटरको शक्तिशाली क्वार्डजेट इञ्जिन जडान गरिएको छ ।

TATA BOLT (7)

कनेक्टनेक्स्ट

गाडीमा रहेको कनेक्टनेक्स्ट सुविधाका कारण गाडी चालकले आफ्नो स्मार्ट डिभाइसमा भएका मनोरञ्जनात्मक गतिविधिलाई सञ्चालन गर्नेमात्र नभई तिनीहरुलाई आवश्यकता अनुसार सञ्चालन गर्न सक्छन । एउटा बटन थिचेको भरमा बाहिरी दुनियाँसँग सजिलै पहुँच राख्न सकिने व्यवस्था बोल्टमा छ ।

मल्टी मिडियाको अनुभव, टचस्त्रिmन सूचना, भिडियो प्लेब्याक, स्मार्ट फोनसँग सम्बन्धित नेभिगेसन, आधुनिक ब्लुटुथ प्रविधि, स्मार्ट भ्वाइसस रिकगनिशन, आधुनिक स्मार्टफोन इन्टिग्रेसन, एसएमएस नोटिफिकेशन र रेड आउट लगायतका उत्कृष्ट विशेषताहरु इसमा समावेश गरिएको छ ।

कम्पनीले यस वर्ष बोल्ट ५ सय थान बिक्री गर्ने लक्ष्य राखेको छ । नयाँ मोडल भित्रिएपछि टाटा नेपालको कार बजारमा ‘रियल कम्पिटेटिभ’ बनेको कम्पनीले बताएको छ ।

पछिल्लो समय टाटा मोटर्सले प्यासेञ्जर कार उत्पादनमा फोकस गर्न थालेको छ । टाटाले पुरानो मोडललाई अपग्रेडेड गर्ने भन्दा पनि टोल्टली नयाँ प्रतिस्पर्धी कार उत्पादनमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment