Comments Add Comment

हलिउड एक्सनको प्रशिक्षण लिन अमेरिका पुगे चन्द्र पन्त

chandra-panta
नेपाली चलचित्रमा छोटो समयमा नै चर्चामा आउन सफल द्वन्द्व निर्देशक चन्द्र पन्त अमेरिका पुगेका छन् । हलिउड चलचित्र नगरी अन्र्तगतको हलिउड स्टन्टम्यान एसोसियसनको निमन्त्रणामा उनी एडभान्स द्वन्द्व प्रशिक्षणका लागि अमेरिका हानिएका हुन् ।

चलचित्र ‘रावण’बाट नेपाली चलचित्रको एक्सन पाटोमा हात हालेका उनले यसपछि थुप्रै चलचित्रमा तारिफ पाए । द्वन्द्व प्रशिक्षणका लागि नेपालबाट अमेरिका जाने चन्द्र पहिलो द्वन्द्व निर्देशक हुन् । आफूले सोच्दै नसोचेको सफलता मिलेको भन्दै चन्द्रले खुशी व्यक्त गरे ।

उनले ‘स्पाइडर म्यान, हल्क, एक्स म्यान’ जस्ता चलचित्र निर्माण गरेको मार्भल कम्पनीमा द्वन्द्व निर्देशकहरुसँग प्रशिक्षण लिनेछन् । उनका साथमा नायक अभय चन्द पनि अमेरिका पुगेका छन् । १ महिना प्रशिक्षण लिएर हलिउड चलचित्रकै १५ दिनको प्राक्टिकलमा आबद्ध भएर नेपाल र्फकने चन्द्रको भनाई छ । नेपाल आएर नेपाली चलचित्रमा नयाँ स्वादका एक्सन पस्कने चन्द्रले विश्वास गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment