Comments Add Comment

एघार महिनामा ४९ अर्बको सवारी तथा पार्टस् आयात

१५ साउन, काठमाडौं । केही वर्षअघिसम्म विलासी वस्तुका रुपमा लिइने सवारी साधन अहिले अत्यावश्यक बन्न पुगेको छ । सवारी साधान अत्यावश्यक बनेसँगै यसको आयात पनि उच्च दरले बढिरहेको छ ।

आर्थिक वर्ष २०७१/०७१ को ११ महिनामा भारत, चीन लगायत विभिन्न मुलुकबाट ४८ अर्ब ८३ करोCars-in-Indiaड ७० लाख रुपैयाँ बराबरको सवारी तथा पार्टस् आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९ अर्ब ३५ करोड १९ लाख रुपैयाँ बढी हो ।

आर्थिक वर्ष २०७०/०७१ को यही अवधिमा ३९ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बराबरको सवारी तथा पार्टस् आयात भएको थियो । भूकम्पले दुई महिना सवारी बिक्री ठप्प भएको व्यवसायीले बताएपनि आयात भने उच्च दरले बढेको देखिएको छ ।

यस अवधिमा भारतबाट ३८ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टस् आयात भएको छ भने ३ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ बराबरको टायर, ट्यूब र फ्लेप्स आयात भएको छ ।

चीनबाट एक अर्ब १६ करावेड ४५ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टस् आयात भएको छ भन्य मुलुकबाट चार अर्ब २७ करोड १३ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टस् आयात भएको छ ।

नेपालमा चीन र भारतको अलवा कोरिया, जापान, थाइल्यान्ड तथा सिधै यूरोपबाट पनि सवारी साधन आउने गरेका छन् । खासगरी तेस्रो मुलुकबाट लक्जरी कारहरु आउने गरेको व्यवसायीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment